नागरिकता विधेयक फेरी फिर्ता पठाउछु भन्ने राष्ट्रपतिको भनाइलाई के भन्नुहुन्छ ? राम्रो वा नराम्रो मत गर्नुहोस

News

राष्ट्रपति विद्यादेवी ।

भण्डारीले नागरिकता विधेयकमा आफूले दिएको सुझावलाई वेवास्ता गरिएकोप्रति चिन्ता व्यक्त गरेकी छन्। शुक्रबार राष्ट्रपतिलाई भेट्न पुगेका राष्ट्रिय जनमोर्चाको प्रतिनिधिमण्डलसँग राष्ट्रपतिले चिन्ता जाहेर गरेकी हुन्।

 

राष्ट्रपति भण्डारीले गत साउन १५ गते संघीय संसदबाट जारी नागरिकता विधेयक फिर्ता गर्दै विभिन्न १५ बुँदे प्रश्न उठाएकी थिइन्। तर, राष्ट्रपतिले दिएका सुझावलाई वेवास्ता गर्दै संघीय संसदका दुवै सदनले पुनः नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेका छन्।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, महासचिव मनोज भट्ट र सचिव हिमलाल पुरीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरे ।

त्यसक्रममा अध्यक्ष केसीले नेपाललाई दीर्घकालीन रुपमा असर पार्ने कैयौँ राष्ट्रघाती प्रावधान राखेर नागरिकता विधेयक संसदले पारित गरेको भन्दै संविधानसम्मत ढंगले त्यसको हल खोज्न राष्ट्रपतिसमक्ष आग्रह गरे।

 

बिहेलगत्तै विदेशी बुहारीलाई नागरिकताबारे राष्ट्रपतिले सम्झाइन् पञ्चायती संविधान नागरिकता विधेयकमा विदेशी बुहारीको लागि सात वर्षे प्रावधान हटाइएको र कतिपय ।

 

दीर्घकालिन रुपमा देशलाई असर गर्ने प्रावधानहरु राखेर पारित गरिएकोप्रति राजमोले राष्ट्रपति को ध्यानाकर्षण गराएको महासचिव मनोज भट्टले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.