श्रीमतीको अवैध सम्बधको आशंकाले भारतमा उजाडियो नेपाली परिवार: श्रीमती र छोरीको ह’त्या गरी आ’त्मह’त्या”

International

भारत मुम्बई / नयु दिन / ।

 

भारतको चंडिगढस्थित किसनगढ भगवानपुरा गाउँमा एक नेपाली परिवारका तीनजना एउटै कोठामा शं’कास्पद अवस्थामा मृ’त फेला परेका छन्। बाग्लुङको गलकोट नगरपालिका–४ नुवाकोटका २६ वर्षीय रेशम विक,उनकी श्रीमती २४ वर्षीय पूजा र ३ वर्षीया छोरी शिवाङ मृ’त भेटिएका हुन्।

 

सोमबार बन्द कोठामा तीनै जना मृत फेला परेका र कुनै सु’साइड नोट फेला नपरेको प्रहरीले जनाएको छ। श्रीमतीप्रति शं’काको आ’धारमा रेशमले श्रीमती र छोरीको गला दबाएर ह’त्या गरेपछि आफू पनि झु’न्डिएर आ’त्मह’त्या गरेको प्रहरीको आशंका छ।

 

चंडिगढबाट प्रकाशित हुने पत्रपत्रिकाहरुले श्रीमतीको अवैध सम्बधको आशंकाले छोरी र श्रीमतीको ह’त्या गरी रेशमले आत्महत्या गरेको बताएका छन्। अहिले तीनै जनाको शवलाई सेक्टर १६ चंडिगढको सरकारी अस्पतालमा राखिएको छ ।

 

थप पुलिस अनुसन्धान चलिरहेको छिमेकी किसनले बताएका छन्। पूजा यही १२ अगस्त २०२२ मा नेपालबाट छोरीलाई लिएर चंडिगढ आएकी थिइन्।प्रारम्भिक अनुसन्धानमा श्रीमतीप्रति शंकाको आधारमा रेशमले श्रीमती र छोरीको गला द’बाएर ह’त्या गरेपछि आफू पनि ।

 

झु’न्डिएर आ’त्मह’त्या गरेको प्रहरीको आशंका छ । अहिले तीनै जनाको शवलाई सेक्टर १६ चंडिगढको सरकारी अस्पतालमा राखिएको छ । थप पुलिस अनुसन्धान चलिरहेको छिमेकी किसनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.