Sunday, March 26
Shadow

राष्ट्रपतिले यसपटक नागरिकता विद्येयक प्रमाणीकरण नगरे अदालत जान्छौं – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) ।

 

का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिएका छन् ।

 

आज (सोमबार) जनकपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिएका हुन् ।

 

दाहालले भने,‘दुवै सदनबाट पारित भएर राष्ट्रपतिकहाँ प्रमाणी करणका लागि नागरिकता विधेयक गइसकेको छ, उहाँले पारित गर्नुपर्ने हुन्छ, तर एक पटक फिर्ता गरेपछि राष्ट्रपतिले अब अर्को पटक फिर्ता गर्ने अधिकार छैन ।

 

’नागरिकता विद्येयक संघीय संसद्को दुवै सदनबाट पारित भैसकेको छ ।यसअघि राष्ट्रपति भण्डारीले उक्त विद्येयक प्रमाणीकरणको लागि उनीकहाँ पुग्दा समय व्यतित गरेर पूनर्विचारको लागि  ।

 

संसद्मा फिर्ता पठाएकी थिईन् । यो बीचमा राष्ट्रपति भण्डारीले विभिन्न दलका नेताहरुसँग सामूहिक छलफलसमेत गरेकी छिन् ।