Friday, June 9
Shadow

मेयर बालेन र सुनिताले पहिलो बलमै हाने छक्का, क–कसलाई लाग्यो गम्भीर धक्का ?

काठमाडौं ।

 

मेयर बालेनले पहिलो बलमै छक्का हानेका छन् । पहिलो प्रगति विवणले महानगरबासी र समर्थकहरुमा खुसी र उत्साह थपेको हो । पहिलो प्रगतीविवरणमै कमाल गरेका बालेनका कारण भ्रष्ट र राज्यलाई ठग्नेहरुलाई गम्भीर धक्का लागेको छ ।

काठमाडौं महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट डोजर चलाउन थाल्यो ।

महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु पनि हटाउन थालेको छ । सहरका अवैध संचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले थालेको अभियान अहिले ।

अरु सहरहरुमा पनि फैलिएको छ ।स्वतन्त्र उम्मेद्वारी दिएर राजधानी सहरको मेयर निर्वाचित बालेनले सुरुमा कानुन हातमा लिएर ‘हिरोइजम् देखाएको आरोप पनि खेपेका थिए ।

तर १०० दिन पुग्दा बालेनले आशा जगाउने सुरुवात गरेको देखिन्छ । बजेटमा सकारात्मक सुरूवातः मेयर बालेनले निर्वाचन अभिया नको बेला गरेका वाचाअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याए । उनले आफ्नो घोषणा ।

पत्रमा नेवाः समुदायमा प्रचलित घरेलु मदिरालाई ब्रान्डिङ गर्ने कार्यक्र बजेटमा समेटे ।काठमाडौं महानगरभित्रका बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने लगायत कार्यक्रम पनि उनका चुनावी वाचा हुन् ।

नीति तथा कार्यक्रमभित्र अटाएको ७० वर्ष नाघेका नागरिकहरुको घरैमा स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले तोकेका औषधिहरु निःशुल्क उपल्ब्ध गराउने कार्यक्रम पनि बालेनको घोषणपत्रमै थियो यी सबै कुरा महानगरको बजेटमा समेटिएका छन् ।

 

मेयर बालेन साहले महानगरभित्रका बिग्रेका ढल, सडक तत्काल मर्मतसम्भारका लागि पूर्वाधार एम्बुलेन्स सेवा संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका थिए, जुन उनले पहिलो कार्यपालिका बैठकबाटै निर्णय गराएर कार्यान्वयनमा ल्याए ।