केपी ओली अपरिहार्य ब्यक्ति हो, उहाँलाई नै साथ दिनुपर्छ – राजेश हमाल (भिडियोसहित)

News

काठमाडौं,।

 

महानायक राजेश हमालले समकालिन नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको जस्तो भिजन भएको नेता नरहेको भन्दै ओलीलाई साथ दिन अपिल गर्नुभएको छ ।

 

एक टेलिभिजन अन्तवार्तामा महानायक हमालले अहिलेको आवश्यकता ओली नै रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ आजको राजनीतिक परिवेशमा केपी ओली अपरिहार्य ब्यक्ति हो, उहाँलाई नै साथ दिनुपर्छ,’ ।

 

अन्तवार्ताको क्रममा महालले भन्नुभएको छ । हमालले आफू नेकपा एमालेको कार्यकर्ता वा समथृन नभएको तर ओलीको काम र उहाँमा रहेको क्षमताका कारण साथ दिनुपर्ने निश्कर्षमा पगेको पनि बताउनु भएको छ ।

‘एउटा नेतामा हुनुपर्ने गुण केपी ओलीमा छ । एउटा नेतामा हुनुपर्ने गुण उहाँमा छ, केवल राजनीतिक रुपमा मात्रै होइन, सवै क्षेत्रमा उहाँ अब्बल हुनुहुन्छ । उहाँ सहज रुपमा बिभिन्न पृष्ठभूमि, बिभिन्न ब्यक्तिहरुसँग घुलमिल हुनसक्ने क्षमता छ ।

 

समाजमा बिभिन्न पक्ष हुन्छ, ती सवैमा केपी ओली निपुन हुनुहुन्छ,’ हमालले भन्नुभएको छ, ‘आजको घडीमा नेपाललाई नेतृत्व गर्न केपी ओली असाध्यै सक्षम हुनुहुन्छ ।

 

म एमाले बनेको छैन, बन्ने संभावना पनि छैन तर केपी ओली राम्रो नेता हो, उहाँलाई साथ दिनुपर्छ भन्ने कुरा म ढुक्क साथ भन्छु ।

 

Leave a Reply

Your email address will not be published.