सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस चुनावी गठबन्धनको विपक्षमा उभिएको छ। कञ्चनपुर क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समितिले गठबन्धन नगरेर कांग्रेस एक्लै चुनावमा जाने निर्णय गरेको हो।
स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा मा गएकाले संघीय निर्वाचनमा पनि त्यस्तै गर्ने निर्णय भएको कांग्रेसका क्षेत्रीय सभापति गोपी उपाध्यायले बताए। ‘यहाँ हामी सांगठनिक रुपले बलियो छौँ,।
यसलाई स्थ।नीय तहको निर्वाचनले पनि पुष्टि गरिसकेको छ,’ उनले भने, ‘त्यसैले ०७४ मा एउटा पनि पालिका नजितेको अवस्थामा एक्लै लड्यौँ, अहिले २ पालिका जित्दा किन गठबन्धन गर्नुपर्यो।’ निर्वाचन क्षेत्र नम्बरमा १ मा गठबन्धनको ।
कुनै औचित्य र आवश्यकता नभएको उनको भनाइ छ। यो संवि धान सभा सदस्य तथा कांग्रेस नेता दिवान सिंह बिष्ट चुनाव लड्दै आएको क्षेत्र हो। यसपटक पनि उनी यस क्षेत्रबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिसमा परिसकेका छन् ।
गठबन्धन भएमा भागबण्डामा यो क्षेत्र कांग्रेसले माओवादीलाई छोड्नु पर्ने अवस्था आउन सक्छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी बीना मगर पनि यसै क्षेत्रबाट चुनाव लड्दै आएकी छन्।
यसपटक पनि उनले गठबन्धनबाट साझा उम्मेदवार भएर चुनाव लड्न चाहेकी छन्। त्यसैले गठबन्धनमा कञ्चनपुर १ मा माओवादी केन्द्रको सशक्त दाबी छ।
२०७० को संविधानसभामा विजयी भएका कांग्रेसका विष्ट अ घिल्लो प्रतिनिधि सभा निर्वाचनमा मगरसंग पराजित भएका थिए। विष्टलाई वामगठबन्धनबाट माओवादीकी मगरले १९ हजार ५ सय ८४ मतान्तरले पराजित गरेकी थिइन्।
मगरले ३९ हजार २१ मत प्राप्त गरेकी थिइन् भने विष्ट १९ हजार ४३७ मतमा खुम्चिएका थिए। पुराना प्रतिस्पर्धी बिष्ट माओवादीकी मगरलाई क्षेत्र छोड्ने मुडमा छैनन्।