देशमा असल र इमान्दार नेता म बाहेक अरु कोही छिनन : माधवकुमार

News

काठमाडौं ।

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिभिन्न समूदायलाई हुने अत्याचारको बिरुद्ध पार्टीले शसक्त रुपमा आवाज उठाउने बताउनुभएको छ ।

 

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले राज्यप्रणालीमा देखिएका बिकृतिबिरुद्ध जुध्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि आफ्ना पार्टी अग्रपंक्तिमा उभिने बताउनुभएको हो ।

 

उहाले महिला हिंसा अन्त्य, गरिवीमा रहेका समूदाय, अल्पसंख्यक लगाएतका बिषयमा पार्टीको बिशेष ध्यान जाने जिकिर गर्नुभयो ।अध्यक्ष नेपालले पार्टी संगठन मात्रै बनाएर नपुग्ने भन्दै जनतामा चेतना जगाएर आन्दोलित गर्न ।

 

सक्नुपर्ने धारणा राख्नुभयो । उहाले वास्तविक कम्युनिष्ट बिचार बोकेर हिड्ने आफ्नो मात्रै पार्टी भएको दावी गर्नुभयो ।।त्यस्तै एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीलाई रुपान्तरण गर्न ।

 

सवै दृढ भएर लाग्नुपर्ने बताउनुभयो । उहाले अनुभव र क्षमताका आधारमा पार्टीमा आएका व्यक्तिहरुलाई सम्मानजनक स्थान दिईने धारणा राख्नुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेता रणबहादुर रम्तेललाई एकीकृत समाजवादीमा प्रवेश गराइएको थियो ।

Leave a Reply

Your email address will not be published.