Monday, January 30
Shadow

बालेनको खम्बा भएर उभिए रवी लामिछाने, देश बेच्न खोज्ने दलाल देखि भ्रष्ट्रचारी सबैलाई एकएकको उठीबाँस लगाउने तयारी !

यती खेर देशको ।

 

सर्वाधिक चर्चाको केन्द्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह रहेका छन् । कानुन विपरित बनेका अवैध संरचना भत्काउन आफैँ डोजर लिएर सडकमा निस्किएका बालेनको चर्चा देशव्यापी रुपमा बेजोडले चलेको छ ।

सामाजिक संजाल देखी मिडियाका हेडलाइन सम्म अनि चिया पसल सम्म पनि बालेनकै चर्चा चुुलिएको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुले बालेनको कामको उच्च प्रशंसा गर्दै यसै गरि अघि बढ्न अुनरोध गरिरहेका छन् । बालेनको साहसलाई धेरैले स्यालुट गर्दै यस्तै मेयर काठमाडौँले खोजिरहेको बताएका छन् ।

 

एमालेका नेता महेश बस्नेत , काग्रेस नेता मिन विश्वकर्मा लगायत का केहि नेताहरुले बालेनको कामको विरोध गरे पनि राजिनितिक पार्टीकै पनि विभिन्न नेताहरुले बालेनको कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

 

एमाले उपमहासचिव प्रदिप ज्ञवाली देखी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सम्म बालेनको समर्थनमा खुलेरै उत्रिएका छन् ।बालेन काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेद वार बने देखिनै सपोर्ट गर्दै आएका रवि लामिछानेले डोजर प्रकरण मा पनि बालेनलाई दरिलो साथ दिएका छन् ।

रविले त बालेनलाई हिन्दी फिल्मको नायक अनिल कपुर सँगनै तुलना गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीले खुल्लामंचमा गरेको उपत्यका स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले बालेनको समर्थन खुल्ला दिलले विना कन्जुस्याइ गरेका छन् ।

बालेनलाई रविले रियल हिरोनै भनेका छन् । अनिल कपुर एक दिनको लागी पर्दाको हिरो भए पनि बालेन त पाँच बर्षको लागी इलेक्टेड रियल हिरो भएको उनले भनेका छन् ।

बालेनलाई अनिल कपुरसँग तुलना गरेर नायक भनेका रविले बरु अमरेस पुरी चाँही को होला ? भनेर प्रश्न पनि गरेका छन् । बालेन को समर्थनमा त्यत्ती मात्रै बोलेनन् रवि लामिछाने ।

त्यस पछि उनले बालेको एउटा डाइलगले त यत्ति खेर राम्रैसँग बजार पिटेको छ ।काठमाडौं महानगरपालिका मेयर बालेन शाहको वर्तमान गतिविधीको प्रशंसा गर्दै रविले अगाडी ‘बा’ आउनेहरु परिवर्तनका लागि डोजर लिएर ।

निस्कीसकेको हुनाले पछाडि ‘बा’ आउनेहरु राजनितीबाट बिदा हुनुपर्ने बताएका हुन् ।म सबै ‘बा’हरुलाई आज बाको मुख हेर्ने दिन स–सम्मान एउटा सन्देश दिन चाहन्छु , पछाडि बा बहेका तीन ‘बा’ केपी बा, देउबा र नानीका बालाई स–सम्मान बिदा गरौ अगाडि बा भएकाहरु डोजर लिएर निस्कीसके ।

उनले भने । अगाडी बा आउने बालेनले डोजर लिएर निस्किएको कुरामा पुराका पुरा समर्थन गर्दै रविले नामको पछि बा आउने हरुलाई बिदा गर्नु पर्ने बताइरहेका बेला उपस्थित दर्शकहरुले समर्थन गर्दै चर्को हुटिङ गरेका थिए ।

केपी ओलीलाई ओली बा भनेका उनले प्रचण्डलाई नानीका बा भन्दा सहभागीका विचमा हाँसो पनि चलेको थियोयो पनि पढ्नुहोस