काठमाडौं भदौ १९ ।
पछिल्ला केहि दिन यता सर्वोच्च अदालतको परमादेशबाट शेरब हादुर देउवालाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धनमा खटपट आएको खबर बाहिर आइरहेका बेला सिंगो देशको राजनितिनै तरंगित हुने गरि अर्को खबर बाहिरिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले समेत काग्रेसले सय सिटको अडान नछोडेमा गठबन्धन सहज रुपमा जान नसक्ने बताइरहेका बेला गठबन्धनकै।
एक हिस्सेदार दल जसपाका अध्यक्ष उपेन्द्र यादवले भने अब आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने बताएका छन् ।जसपाले औपचारिक रुपमा निर्णय गरि नसकेको भए पनि गठबन्धनबाट बाहिरिने सोचमा आफु रहेको जानकारी उपेन्द्रले गठबन्धनको बैठकमै गराएका छन् ।
भर्खरै मात्रै बावुराम भट्टराई लगायतका नेतालाई निष्कासन गरेर पार्टी पुनर्ताजगीको अभियानमा रहेका यादवले पार्टी जोगाउनकैका लागी भए पनि गठबन्धन अलग हुुने सोचमा आफु पुगेको बताएका छन् ।यादवले पार्टी बचाउन गठबन्धनबाट बाहिरिने सोच बनाएको बताएका छन् ।
बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उनले आफ्नो पार्टीले एक्लै लड्दा पनि नौ सिट जित्ने भएकाले गठबन्ध नको धेरै आवश्यकता नपर्नेमा बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।अध्यक्ष यादवले गठबन्धनले जसपालाई १५ सिटभन्दा बढी नदिने ।
र त्यसमा पनि नौ सिटभन्दा धेरै जित्ने सम्भावना नभएको कुरा पनि राखेको ती नेताले बताए । गठबन्धनले १५ सिट दिने हो । त्यसमा पनि हामीले जित्ने नौ सिट मात्र हो ।
हामी एक्लै लड्दा पनि यती सिट जित्छौँ,” उपेन्द्रको भनाइ उधृत गर्दै ती नेताले भने, “१५ सिटमा खुम्चियो भने पार्टी छोडेर जानेको संख्या बढ्छ । एक्लै लड्दा पार्टी जोगाउन सकिन्छ ।”