काठमाडौं ।
महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नयाँ जोसजागरका साथ जनप्रतिनिधीहरुको ईन्ट्री भएपछि काठमाडौंबासीमा नयाँ आशा र उत्साह छाएको छ । मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले ब्याक टु ब्याक चमत्कारिक योजनाहरु सार्वजनिक गर्न ।
थालेका हुन् यसैबीच, बालेन र सुनिताले अर्को चमत्कारिक योजना सार्वजनिक गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीको अरविन्द केजरीवालकै झल्को दिनेगरी नयाँ योजना सार्वजनिक गरेपछि काठमाडौंबासी त भाग्य नै लिएर ।
आएका रहेछन् भन्दै टिप्पणी हुन थालेको छ ।काठमाडौं महानगरले आगामी आर्थिक वर्षदेखि घर–घरमै पुगेर स्वास्थ्य सेवा दिने भएको छ । महानगरले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिकहरूलाई घरमै पुगेर ।
स्वास्थ्य परिक्षण गर्दै आवश्यकताअनुसार औषधी वितरण गर्ने घोषणा गरेको हो ।बालेन्द्रले भारतीय संघीय राजधानी भएको राज्य दिल्लीको सिको गर्दै जेष्ठ नागरिकलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण तथा सेवा दिने योजना बनाएका हुन् ।
उक्त योजनाअनुसार नै महानगरले आगामी वर्षदेखि घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने नीति अघि सार्दै बजेट विनियोजन गरेको हो ।