Sunday, March 26
Shadow

रू ९ लाखमा बनाएको स्वास्थ चौकीको चर्पी हेर्नुहोस

बझाङको मस्टा गाउपालिका-२ मा रू ९ लाखमा बनाएको स्वास्थ चौकीको चर्पी यसरी लथालिंग छाडेका छन्।

 

यो पनि पढ्नुहोस श्रीलंका । श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । टापुको सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

 

राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिका रीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजापाक्षे विमानस्थलमा उत्रदा उनलाई मन्त्रीहरू र राजनीति ज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो ।

यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ ।विमानस्थलमा उत्रने वित्तिकै उनलाई माला लगाएर स्वागत गरिएको थियो । राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यलयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए ।

श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स पुगेका उनी त्यहाँबाट सिंगापुर गएका थिए । उनले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा पठाएका थिए । उता म्यानमार अल्पसंख्यक मुस्लिम रोहिंग्या समूहका सात जना व्यक्तिको भोक, ।

 

तिर्खा र अन्य जोखिमका कारण मृत्यु भएको छ । म्यानमारका अधिकारीहरूले दक्षिणी तटमा डुंगाबाट नियन्त्रणमा लिएका ६५ जनाको समूहमध्येका सात जनाको मृत्यु भएको हो ।