काठमाडौंः ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीन र थाइल्याण्डमा उपचार गराएर तीन महिनापछि नेपाल फर्किँदैछन्। स्वास्थ्यमा समस्या आएपछि नेता पुनले पछिल्लो समय चीनको थर्ड पीपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए।
उपचारका लागि उनी गत असोज १३ मा थाइल्याण्ड प्रस्थान गरेका थिए। लगत्तै त्यहाँबाट उनी चीन पुगेका थिए। चिकित्सकका अनुसार उनी ‘क्रिग्लर-नजर-टाइप टु सिन्ड्रोम’ नामक दुर्लभ समस्याबाट पीडित छन्।यो वंशाणुगत रोग भएको बताइएको छ।
पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविकरूपमा बढेको चिकित्सकहरूले बताएका थिए। यसै सन्दर्भमा पुनमा देखिएको ‘क्रिग्लर-नजर-टाइप टु सिन्ड्रोम’ के हो भनेर जनरल फिजिसियन डा. अमित गौलीसँग हामीले कुराकानी गरेका छौं ।क्रिग्लर नजर सिम्टम’ भनेको ।
सानो उमेरदेखि वा जन्मजात नै हुने जण्डिस टाइपको एक प्रकारको रोग हो। जण्डिस भएपछि मानिसमा पहेँलोपना आउने कारकलाई ‘बीलीरुबीन’ भन्छौं।शरीरमा भएको ‘बीलीरुबीन’को लेभल बढ्छ। क्रिग्लर नजरमा कन्जुगेटेड र अनकन्जुगेटेड ‘बीलीरुबीन’ भन्ने हुन्छ। ‘बीलीरुबीन’को लेभल बढ्ने तर, कलेजोका अरु प्यारामिटर र जाँचहरु नर्मल हुन्छ।
प्रतिकृया दिनुहोस्