काठमाडौ :
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति उत्तरदायी शासन व्यवस्था संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जनताबाट निर्वाचित, अनुमोदित प्रतिनिधि रहने संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ हो,’ देउवाले भने, ‘जनताप्रति उत्तरदायी शासन व्यवस्थामा संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुन्छ भन्ने हामी सबैले बुझेको विषय हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभिया नमा रहेको पनि बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् ।
६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं ।
मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।२०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको उनले बताए । उनले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताए ।
यो पनि पढ्नुहोसमाइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, ।
कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटा रको बैठकले महँगी घटाउने उपाय खोज्यो ?।
माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइ तीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?