प्रचण्डले हिरा छोए किरा बन्छ, सुन छोए लसुन बन्छ, हर्क हिरा थियो, जब उनले छोए किरा बने

News

काठमाडौं।

 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि ।

 

प्रचण्ड निवास खुमलटार पुगेका थिए। बेघा नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित भएका हुन्। मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा गरेका थिए। त्यसैको फलस्वरुप प्रचण्ड धारान पुगेर।

हर्क साम्पाङलाई भेटेका थिए। उनले सर्दु खोलामा पुगि बृक्षारोपण कार्यक्रमा पनि सहभागी भएका थिए। सोही बेला प्रचण्डले हर्क साम्पाङको कामको तारिफ गर्दै भनेका थिए, ‘माओबादीको काम वहाँले गर्नु भएको छ। सिंगै देशले वहाँको काम गम्भिरतापुर्बक हेरिराख्नुभएको छ।

जब, काठमाडौ आएर हर्क साम्पाङले प्रचण्डलाई भेटे फेरि धरानमै पुगेर प्रचण्डले उनलाई भेटे। त्यसपछी हर्क साम्पाङको बारेमा धेरै मानिसहरुले आलोचना गर्न थाले। बालेनको बिसयमा धेरै झटारो हान्दै जाने उनको क्रम बढ्न थाल्यो।

उनले बालेनललाई यतिसम्म भन्न भ्याएकी उ जस्तो मान्छे राजनि तीमा आउनै हुदैनथ्यो। उ संघर्ष नगरी र्याप गाएर हावाको तालमा आएको मान्छे हो। फेरि, उनले यो पनि भने, को हो बालेन?म चिन्दिन।काठमाडौ आउनुअघिसम्म हर्क साम्पाङको जनमानसमा निकै क्रेज थियो।

हर्क साम्पाङलाई मानिसहरुले भविष्यको प्रधानमन्त्रीसम्म हुनुपर्छ भनेर उनको गुणगान गाउने गर्थे तर, जब उनी काठमाडौ आए प्रचण्डलाई भेटे फेरि प्रचण्ड धरानमै गएर उनलाई भेटे त्यसपछी भने उनको क्रेज ओरालो लाग्न थाल्यो।

अहिले उनलाई हाँसोको पात्रमा उडाउछन मानिसहरु। कसैले त हर्के हल्दारको उपमा दिएका छन। अहिले घमण्डले मानिसलाई धोती न टोपी बनाउछ भन्ने उदाहरण हर्क साम्पाङ बन्न पुगेका छन्।

 

मानि सहरु भन्छन्, ‘यो सबै प्रचण्डसँग भेटको कमाल हो। प्रचण्डले हिरा छोए किरा बन्छ, सुन छोए लसुन बन्छ। हर्क हिरा थियो, जब उनले छोए किरा बने।’

Leave a Reply

Your email address will not be published.