यूपी र बिहारमा गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपाल ल्याउनुपर्छ : माधव नेपाल

News

काठमाडौ ।

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताएका छन् । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज बुधवार आयोजना गरेको पर्यटन तथा नागरिक उड्डयन ।

 

क्षेत्रको समस्या र चुनौती विषयक कार्यक्रममा उहाँले पर्यटनको विषयवस्तुको राम्रोसँग प्रचार गर्न नसकिएको बताए ।‘हामीले हिमाल, तालतलैया, मुगुको रारा, संसारको सबैभन्दा अग्लो तिलिचो ताललाई बजारीकरण गर्न ।

 

सकेको छैनौँ’, उनले भने , ‘नेपालमा रहेका ऐतिहासिक थलो, गढीको राम्रो ढङ्गले प्रचार गर्ने हो भने पर्यटन आउने छन् ।’ उनले भारतको उत्तर प्रदेश र बिहार राज्यम गर्मीले उकुसमुकुस भएका मान्छेलाई नेपालको चिसो मौसममा ल्याउनुपर्ने ।

 

भनाइ राखे ।अध्यक्ष नेपालले नारायणहिटी सङ्ग्रहालयलाई ठूलो सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्ने बताए । ‘अहिलेसम्म नेपालमा भएका राजतन्त्रकालको सबै चिज सङ्ग्रहालयमा देख्न पाइयोस् ।

 

किरात, लिच्छवी, महिसपाल वंश, सेन वंश, शाहवंशले कसरी शासन सञ्चालन गरेका थिए । त्यो सबै कुरा सङ्ग्रहालयमा राख्नुपर्दछ । त्यो हेर्न विदेशी आउने छन्’, उनले भने ।

Leave a Reply

Your email address will not be published.