Sunday, March 26
Shadow

अवैध संरचना निरन्तर भत्काइन्छ, अब यो हाम्रो अभियान नै हो साथ दिनेले सियर गर्नु होस् : बालेन

काठमाडौँ ।

महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वज निक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ ।

यो अभियानको रुपमा सञ्चालन गर्ने हो,कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन”, कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भन्नु भयो । नक्सा पास नगरी।

निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उहाँले बताउनुभयो ।संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजात अनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ”, उहाँले भन्नुभयो ।

सोही क्रममा बुधबार सुन्धरास्थित काठमाडौँ मलको आसपासमा निर्माण भएका अनधिकृतरुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काइएको छ । त्यसैगरी प्रमुख साहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ ।

बुधबारनै प्रमुख साहले दरबारमार्ग पुगेर अनधिकृत संरचना हटाउन निर्देशन दिनुभएको थियो । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएका स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भन्नुभयो, ।

“अब विगतमा झै मनोमानी चल्दैन यो कार्य नियमितरुपमा चल्छ । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरे पनि बुधबारदेखि अवैध संरचना भत्काउने काम सूरु गरिएको छ । उक्त कार्य सुरु गरेसँगै ।

आगामी दिनमा पार्किङको समस्या समाधान सँगै ट्राफिक व्यवस्था पनमा सहयोग पुग्ने कामपाको विश्वास छ । ठूला ठूला मल बनाउने र पार्किङका लागि निर्धारण गरिएको स्थान महँगो भाडामा लगाइए काले कामपाले यस किसिमको ।

कदम चालेको जनाएको छ । अहिले साङ्केतिकरुपमा रुपमा केही संरचना भत्काइएको हो, यसैगरी अटेरी गर्दै गए आगामी दिनमा यस्ता कयौँ संरचना भत्काउनुपर्ने हुन्छ”, लम्सालले भन्नुभयो । सूचना जारी गरेको ३५ दिन बितिसक्दा।

पनि सम्बन्धित निकाय छलफलमा समेत नआएपछि यस किसिम को काम सूरु गरिएको कामपाको प्रमुख साहले सामाजिक सञ्जा लमार्फत जानकारी गराउनुभएको छ । उहाँले भन्नुभयो, “अना धिकृत संरचना नबनाउनु होस् यदि बनाइसकेको अवस्थामा काम पाको आग्रहलाई अपमान नगरी ।

आफैँले भत्काउने र त्यस्ता संरचना भाडामा नलगाउने काम नगर्नुस् अवैध संरचना भत्काउँदा भाडावालालाई हुन गएको समस्या र क्षतिको विषयमा मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ कामपाले हदैसम्मको पहल गर्ने।

प्रमुख साहको भनाइ छ । त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतलाई पत्र पठाउँदै।

कामपाले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ ।