Friday, June 9
Shadow

कुलमान घिसिंग माओवादीबाट चुनाव लड्ने बारे आयो यस्तो खबर, छायो सबैतिर खुसियाली

नेकपा माओवादी ।

 

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी कार्यकर्तामाझ भनिदिए, ‘बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।२०७४ मा एमालेसँँग वाम गठबन्धन गरेको माओवादीबाट ललित पुर-३ मा पम्फा भुसाल निर्वाचित भइन् ।

यो पटक कांग्रेससँग गठबन्धन गर्ने तयारीमा रहेको माओवादीले उपत्यकामा थप सिट जित्न चाहेको छ, तर त्यो सहज छैन । उपत्य कामा पार्टीको गिर्दो अवस्था सुधार गर्नका लागि नीतिगत र संगठ नात्मक संरचना सुधार गर्ने प्रचण्डले बताएका छन् ।

चुनावी नतिजा निकाल्न नयाँ-नयाँ अनुहारलाई उम्मेदवारका रुपमा समेत अघि सार्ने प्रचण्डको दाबी छ ।प्रचण्डले नै नयाँ उम्मेदवार अघि सार्ने बताएपछि माओवादी नेताहरुमा त्यस्तो पात्र को होला भनेर खोजी भएको छ ।

माओवादी, काठमाडौंका नेता हिमाल शर्माका अनुसार संगठनमा पनि त्यस्तो पात्र को होला भनेर छलफल भएको छ ।प्रचण्डले भने जस्तो आफूहरुको माग पनि नयाँ-नयाँ अनुहारलाई अवसर दिनुपर्ने भएको भन्दै उनले भने, त्यस्तो खालका पात्रहरु पार्टीभित्र पनि छन्, बाहिर पनि छन् ।

माओवादी नेताहरुका अनुसार यसरी छलफल हुने सम्भावित उम्मेदवारमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि हुन् ।

तर न माओवादीले निर्णय गरेको छ, न कुलमानले उम्मेदवार हुने चाहाना सार्वजनिक गरेका छन् । निकटवर्तीहरुका अनुसार कुलमान लाई माओवादी मात्रै हैन, अरु दल र स्वतन्त्र अभियान्ता हरुले पनि चुनाव उम्मेदवार बनाउन चाहेको सन्देश पुर्‍याएका छन् ।

माओवादी नेता हिमाल शर्मा, कुलमानले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहे माओवादीले स्वागत गर्ने बताउँछन् । ‘उहाँ (कुलमान)ले कसरी सोच्नुहुन्छ भने ।

अझै प्रष्ट भएको छैन,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँ आउने नै हो भने हामी काठमाडौंको जुन सुकै क्षेत्रमा उम्मेदवार बनाउन तयार छौं ।कुलमान हाल बौद्ध क्षेत्रमा बस्छन् । यो प्रतिनिधिसभाको काठमाडौं क्षेत्र नम्बर ३ मा पर्छ ।

उनको पुख्र्यौली घर रामेछाप हो । यहाँ हाल युवराज चौलागाई सम्भावित उम्मेदवार हुन् । तर कुलमानले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने र रामेछापबाटै उम्मेदवार बन्न चाहेको अवस्थामा माओवादीले ‘नाइ’ भन्ने अवस्था छैन ।

तर विद्युत प्राधिकरणको नेतृत्व गरिरहेका कुलमान स्वंयम भने सांसद बन्नकै लागि चुनाव लड्ने सम्भावना आफूले कम देखेको माओवादीका एक पदाधिकारीले बताए ।

यो पनि हेर्नुहोस, सँगैका साथी स्वर्णिम–विश्व चितवन-१ मा आमनेसामने – आफूले उठ्न चाहेको क्षेत्र नै वाग्लेले ताकेको भनी पौडेल असन्तुष्ट छन् । अनलाइनखबरसँग कुरा गर्दै पौडेलले कुटनीतिक भाषामा भने, ‘मैले उठ्ने चितवनबाटै हो, अन्यत्र मेरो आधार छैन । तर उहाँको अरुतिर पनि थियो । किन आउनुभयो, थाहा भएन, मसँग सोधेर स्वर्णिमजी चितवन आएको होइन ।’

राष्ट्रिय योजना आयोगमा पालैपालो उपाध्यक्ष बने स्वर्णिम वाग्ले र विश्व पौडेल । अर्थशास्त्रमा पिएचडी गरेका यी दुई मित्रहरु चितवन-१ मा आमनेसामने बनेका छन् । पाैडेलले बर्कले युनिभर्सिटी अमेरिका तथा वाग्लेले अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पीएचडी गरेका हुन् ।

आज मंगलबार कांग्रेसको चितवन-१ क्षेत्रीय समितिमा आफ्नो नाम पेश गर्दै वाग्ले र पौडेलले प्रतिनिधिसभा चुनावमा लड्ने इच्छा जाहेर गरेका हुन् । क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा, जिल्लाले प्रदेशमा र प्रदेशले केन्द्रमा नाम सिफारिस गर्दा यही सूचीलाई आधार मान्ने छ । उनीहरुका अलावा तीर्थराज खनियाँ, उमेश श्रेष्ठ, भीमप्रसाद थपलिया र राजेन्द्र बुर्लाकोटीले पनि उम्मेदवारीको इच्छा जाहेर गर्दै नाम पेश गरेका छन् ।

खासमा स्वर्णिम गोरखा-१ बाट लड्ने तयारी गर्दै थिए । त्यहाँ अनुकुल नभएपछि काठमाडौं-५ बाट उठ्ने उनको इच्छा थियो । तर अकस्मात् उनी चितवन-१ पुगेका छन्, जहाँ उनका लामो समयदेखिका घनिष्ट मित्र तथा हालका योजना आयोग उपाध्यक्ष विश्व पौडेलले नाम पेश गरेका छन् । विश्व पौडेलको घर चितवन १ मै पर्छ । स्वर्णिम गोरखाबाट चितवन हुँदै काठमाडौं आएका हुन् ।