कुलमान घिसिङ र रवि लामिछानेबीच चुनावी भिडन्त ? तपाई कसको साथमा ?

News

माओवादी केन्द्रका ।

 

प्रस्तावित पोलिटब्युरो सदस्य महेश्वर दाहालले घिसिङले माओवादी को तर्फबाट चुनाव लड्नका लागि आकांक्षा राखेको पुष्टि गरे । ‘कुल मान घिसिङले चुनाव लड्न इच्छा राख्नु भएको छ’, उनले भने, ‘माओवादीसँग भएको छलफलअनुसार नै अध्यक्ष प्रचण्डले संकेत पनि गर्नुभएको हो ।

घिसिङले कहाँबाट चुनाव लड्ने भन्नेबारे चाहिँ छलफलकै क्रममा रहेको दाहालले बताए । घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने चर्चा चलिरहेको छ । तर दाहालले भने काठमाडौं ३ वा रामेछाप कहाँबाट उठ्ने भन्नेबारे पार्टीले निर्णय गर्न।

बाँकी रहेको बताए । घिसिङको गृहजिल्ला रामेछाप भएकाले त्यहाँ पनि उनको राम्रो प्रभाव रहेको बताइन्छ । घिसिङ माओवादीकै जोडबलमा दोस्रो कार्यकालका लागि विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएर गएका थिए ।

उनी कार्यकाल नसकिँदै प्राधिकर णबाट राजीनामा दिएर चुनाव लड्ने योजनामा लागेका हुन् । घिसिङले भने यसबारे मुख खोलि सकेका छैन । चर्को लोडसेडिङको मारमा देश रहेको बेला लोडसे  डिङ गरेपछि घिसिङको लोकप्रियता ह्वात्तै बढेको थियो ।

शनिबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा अध्यक्ष प्रचण्डले काठमाडौंमा बालेन शाह भन्दा चर्चित उम्मेदवार खडा गर्ने बताएका थिए । ‘उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे,।

तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो’, प्रचण्ड को भनाइ थियो ।माओवादीले लोकप्रिय उम्मेदवार उठाएर काठमा डौंमा प्रभाव बढाउने रणनीति बनाएको छ ।

माओवादीको गत केन्द्रीय समिति बैठकमा सहरी क्षेत्रमा पार्टी कमजोर भएको भन्दै विशेष योजना बनाउनुपर्नेमा नेताहरुले नेतृत्वलाई सुझाव दिएका थिए ।यो क्षेत्रबाट रवि लामिछानेले समेत चुनाव लड्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.