बालेन शाहको बोल्ड निर्णय: काठमाडौका हरेक वडामा डाक्टर, इन्जिनियर र नगर प्रहरीलाई दैनिक रु. ५०० भत्ता,दिने

Sport

काठमाडौं।

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा एक–एक जना इन्जिनियर, एमडीजीपी डाक्टर र नर्स राख्ने भएको छ। आइतबार बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक एक जना इन्जिनियर, एमडीजीपी र नर्स करारमा राख्ने।

प्रस्ताव पारित गरेको छ। हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर राख्ने मेयर बालेन साहले बताए। वडा क्लिनिकमा चिकित्सकलाई सहयोग गर्न  ।

एक जना नर्स रहने उनले बताए। जनरल फिजिसियन डाक्टर राखेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह दिन र कुनै समस्याको तत्काल उपचार गर्न सक्ने उनको भनाइ छ।त्यस्तै हरेक वडामा हुने विकास निर्माणको अनुगमनका लागि ।

इन्जिनियर पनि करारमा राख्ने भएको छ। यस वर्ष वडामा बजेट वृद्धि गरिएको र त्यहाँ हुने विकास निर्माणको काम अनुगमन गर्न इन्जिनियर चाहिने मेयर बालेनले बताए।

उनको प्रस्तावलाई नगर कार्यपालिका बैठकले अनुमोदन गरेको छ।यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई दैनिक ५ सय रुपैयाँ भत्ता दिने पनि महानगरको कार्यपालिका बैठकले निर्णय गरेको छ।

५ जना कानुनी सल्लाहकारकाठमाडौं महानगरपालिकाले ५ जना कानुनी सल्लाहकार राखेको छ। मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा प्रस्ताव गरेका थिए।

महानगरका प्रवक्ता नविन मानन्धरले मेयर, उपमेयर र वडाध्यक्षको छलफलबाट कानुनी सल्लाहकारको नाम छनोट गरिएको जानकारी दिए। यसअघि महानगरले ४ जना कानुनी सल्लाहकार राखेको थियो।

महनगरपालिकाले फुड टेक्नोलिजीमा स्नातकोत्तर गरेको ४ देखि ५ जना कर्मचारी करारमा राख्ने भएको छ। मेयर बालेनले मासु पसल, खाद्य पसलहरुमा अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने प्रस्ताव गरेका थिए।

बैठकले टेकुको फोहोर उठाउन १५ वटा टिपर भाडामा लिने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाले बोन म्यारो भएको एक बालकलाई एक लाख रुपैयाँ उपचार खर्च दिने, बञ्चरेडाँडामा भएको प्रदर्शनमा घाइते स्थानीय कमल तामाङको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ।

महानगरपालिकाले सबै वडामा लिफ्ट जडान गर्ने प्रस्ताव पनि कार्यपालिका बैठकले पारित गरेको छ । यस्तै काठमाडौं महानगरपालिकाले ‘घ’ वर्गको ।

निर्माण व्यवसायीको अनुमति पत्र दिने अधिकार उपमेयरलाई दिने निर्णय गरेको छ। निर्माण कार्यको लागि सहज गराउन अधिकार उपप्रमुखलाई प्रत्यायोजन गरेको बताए मेयर बालेनले बताए।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नक्सा अनुसार भवनको प्रयोजन नभएमा कारबाही गरिरहेको विषयलाई कार्यपालिका सदस्यहरुले साथ दिएको बताएका छन्। साथै उनले सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरुलाई दैनिक रु २५ दिवा खाजा खर्च निर्णय पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published.