बालेन अब प्रधानमन्त्री बन्नुपर्छ, उस्लाई छोएर त हेर खरानी हुन्छौ: पुर्बमन्त्री भद्रा घले (भिडियो सहित

Lifestyle

काठमाडौ। ८८ वर्षको बुढ्यौली उमेरमा हिँडिरहेको एउटा जीवन आफ्नो यात्रामा ओखलढुङ्गा, जनकपुर, सिन्धुली हुँदै बनारससम्म पुगेको छ । त्यस जीवनले राजनीति, समाजसेवा, साहित्यदेखि लिएर चित्रकलालाई समेत छोएको छ।

त्यही जीवनका आँखाले देशमा राजतन्त्रदेखि गणतन्त्रसम्मका दृश्यावलोकन गरेका छन्। अनि, जिब्रोले परम्परागत र आधुनिक दुवै समाजको आस्वादन गरेको छ। त्यसैले त भद्राकुमारी घले एक साधारण व्यक्ति होइन ।

कथाहरुको एउटा सिङ्गो सङ्ग्रहालय हुन्। विभिन्न आयाममा फैलिएको उहाँको हरेक व्यक्तित्वसँग सुनाउनलाई अनेकौं किस्सा हरु छन्। छोरी मान्छे सफल हुनुमा उसको परिवारको ठूलो हात हुन्छ भन्ने भनाइ भद्राको जीवनले पनि पुष्टि गर्छ।

सिन्धुलीको अम्बोटे र हसाइमा २५ वर्षसम्म लगातार प्रधानपञ्च भएकी भद्राकी आमा भक्तकुमारी घलेको बिँडो थाम्दै देशमा पञ्चायती शासनव्यवस्था आएपछि राजनीतिमा प्रवेश गरेकी भद्रा ५ पटक माननीय अर्थात् राष्ट्रिय पञ्चायत्को सदस्य बनिन्।

र, त्यसपछि केही समय राज्यमन्त्रीका रुपमा उनले आफ्नो राजनीतिक कार्यभार सम्हालिन्। भद्रा जुन समयमा जन्मिइन् त्यसवेला छोरीहरु कि ‘फलानोकी छोरी’ भनेर चिनिन्थे या फलानो की श्रीमती वा फलानोकी आमा।

आफ्नो अस्तित्व पुरुषसँग गाँसिएपछि मात्रै सार्थक हुने त्यस समयमा भद्राले पुरुषसँगै प्रतिष्पर्धा गरी आफ्नो पहिचान बनाइन्।त्यसैले त आफ्ना साथीसङ्गी हँसिया र डोको बोकेर जङ्गल छिर्दा उनी सीसाकलम र कापी हातमा लिएर ।

गान्धी आश्रम छिरिन्। र, बनारसको काशी विश्वविद्यालयमा शास्त्रीय शिक्षा हासिल गरिन् । हक्की स्वभावकी भद्रालाई सबैले ‘भद्रा’ दिदी भन्थे। आफूलाई सवल र सफल बनाउने सबैभन्दा मुख्य तत्त्व शिक्षा नै भएको उनी बताउँछिन्।

भद्राभित्र अनेकौं व्यक्तित्वहरु टमक्क मिलेर बसेका छन्। कहिले उनको खरो व्यक्तित्व राजनीतिज्ञ बनेर बाहिर आउँछ त कहिले उनीभित्रको ममतामयी भद्रा ‘समाजसेवी’ बनेर मुस्कुराउँछ।

त्यस्तै, आफ्नो सिर्जनशील व्यक्तित्वलाई भद्राले चित्रकला र साहित्य सिर्जनामार्फत् निकास दिन्छिन् । भद्राले कोइला, रातो माटो, ध्वाँसोजस्ता प्राकृतिक रङ्गहरुको प्रयोगले कोरेका चित्र र आफ्ना जीवनकालमा ।

लेखेका १ सय ४० भन्दा बढी पुस्तकहरु ‘भद्रकुमारी सेवा सदन’ नामक उनकै संस्थामा सुरक्षित साथ राखिएको छ। अहिले पनि उनका कलम कहिले कविता, कहिले गजल, कहिले कथा त कहिले भजन लेख्न दगुरिरहन्छन्।

तर, न कलम थाकेको छ न त भद्रा।उनै भद्राकुमारी घलेले एक online मा बालेनका बारेमा बोलेकी छिन्। उनी भन्छिन्, ‘बालेन अब प्रधानमन्त्री बन्नुपर्छ। बालेनलाई छोएर त हेर खरानी हुन्छौं। बृस्तृत जान्न हेर्नुहोस यो भिडियो

Leave a Reply

Your email address will not be published.