एमालेबाट सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव !

News

काठमाडौं ।

 

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री को उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ। एमालेको शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउने।

निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक एवम् पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताए। तर, एमाले नेता घनश्याम भुसालले भने जनताले ‘नयाँ नेतृत्व खोजेको’ बताएका छन् ।केन्द्रीय कमिटीको बैठकपूर्व ।

गत विहीबार ललितपुरको च्यासलमा बसेको एमाले स्थायी कमिटीको बैठकमा नेता भुसालले केपी ओलीको नेतृत्वमा चुनावमा गएर सफलता नपाइने संकेत गर्दै नयाँ नेतृत्व अघि सार्नुपर्ने बताएका हुन् ।

एमाले स्थायी कमिटी सदस्य भुसालले पूर्वसभामुख नेम्वाङलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्ने संकेत गरेको बैठकमा सहभागी एमाले नेताहरुको भनाइ छ ।‘हिजो संसद विघटन असफल भएसँगै ।

केपी कमरेडको ठाउँमा सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएको भए नेकपा एमाले फुट्दैनथ्यो,’ बैठकमा भुसालको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘फरक समुदायको नेतालाई प्रधानमन्त्री बनाउँदा नयाँ सन्देश दिन सकिन्छ ।’

Leave a Reply

Your email address will not be published.