धेरै बाठो बन्न खोज्दा महेश बस्नेतको राजनीति धरापमा, गम्भीर तरिकाले फसे !

News

बालेन फिल्मीशैलीमा ।

 

उत्रिएपछि नेकपा एमाले देखि नेपाली कांग्रेसका चर्चित नेताहरुले समेत उनको उछितो काढिरहेका छन् । उनीहरुले बालेनले अधिकार को दुरुपयोग गरेको बताएका छन् तर बालेन बकइदा कानुन अनुसार नै चलेका छन् ।

यसैबीच, कानुनी प्रक्रिया पूरा नगरीकन एक्कासि अनधिकृत संरचना भत्काउन थालेको भनी आलोचना गर्नेहरूलाई बालेनले जवाफ दिएका छन्। आइतबार बिहान विज्ञप्ति जारी गरी उनले महानगरपालिकाले कार्यकारिणी अधिकार प्रयोग।

गरेर अवैध संरचना हटाउने अभियान थालेको स्पष्टीकरण दिएका हुन्।वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महान गरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको हो’, विज्ञप्तिमा बालेन्द्रले भनेका छन्,।

‘अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक थाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचा लन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११९२० ले दिएको छ।

आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि अकर्मण्यताको अवस्था मा बस्नु उचित नहुने उल्लेख गर्दै उनले थपेका छन्, ‘तसर्थ न्यायिक निरुपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं ।

महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।’यता बालेनको कदमपछि धम्की र आक्रोशको भाषा बोलिरहेका पूर्वमन्त्री एवम् एमाले नेता महेश बस्नेतलाई नमज्जाले फसिसकेका छन् ।

काठमाडौं महानगरपालिकाको चुनावका बेला केशव स्थापितले बढी बोल्दा उनलाई जनताले हराइदिएका थिए ।बस्नेतलाई आफ्नै बोली गलपासो बन्ने देखिएको छ । बस्नेतले बालेनको कडा शब्दमा आलोचना गरेपछि एमालेका शीर्ष नेता भने खम्बाझै बालेनको समर्थनमा उत्रिएका छन् ।

नेकपा एमालेका चर्चित नेता प्रदीपकुमार ज्ञवालीले काठमाडौँ नियम कानुनविपरीत बनेका संरचनाहरू हट्नुपर्ने र हटाइनु पर्ने बताएका छन् । उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको ‘डोजर अभियानको समर्थन गरेका हुन् ।

उनले भने, ‘यो कदम ठिक छ । महानगरले यो गर्न सक्छ । अहिले काठमाडौँमा पार्किङ र भिडभाडको समस्या छ । काठमाडौँमा विभिन्न समस्याहरू छन्, यसलाई बिना भेदभाव महानगरले आफ्नो कदम चाल्न सक्छ ।

त्यस्तै उनले यस्ता कदम चाल्दा कसैलाई लक्षित गर्न नहुनेमा समेत सचेत गराए । उनले भने, ‘कसैप्रति लक्षित नगरीकन आफू अगाडि बढ्नु महानगरको दायित्व हो ।’ त्यस्तै, एमालेका सांसद महेश बस्नेतको बालेनलक्षित टिप्पणीबारे ।

समेत ज्ञवालीले प्रतिक्रिया दिए उनले अरू कसैले यसबारेमा दिएको प्रतिक्रिया आफ्नो सरोकारको विषय नभएको बताउँदै उनले भने, ‘अरू कसले के भने भन्ने कुरा मलाई।

सरोकारको विषय भएन । भाडामा बस्ने कहीँ–कसैलाई सूचना नपुगेको सत्य पनि हुनसक्छ, यसमा कसैले कसैसँग जुहारी खेल्नुपर्ने आवश्यक ठान्दिनँ म ।

कसै–कसैलाई बाध्यात्मक अवस्था छ र छोटो अवधि दिनु भनेको खण्डमा त्यसमा महानगरले सोच्नुपर्ने कुरा पनि थियो ।’

Leave a Reply

Your email address will not be published.