Sunday, March 26
Shadow

केपीमा केही समय अघिसम्म शनि ग्रह थियो अब हटेको छ, राजा हुने ग्रह छ: मोहनप्रसाद ओली

धेरै मानिसहरु पूर्वप्रधानमन्त्री ।

 

एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बूढो हुनुभयो भन्ने ठान्छन् । हामी उहाँलाई ‘केपी बा’ भन्छौं । तर, केपी बाका पनि बा मोहनप्रसाद ओली अहिलेसम्म तगडै हुनुहुन्छ । हिँडडुल गर्न र बोल्न राम्रोसँग सक्नुहुन्छ ।

भनिन्छ, आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको । भक्तपुरको बालकोटमा ९३ वर्षीय हजुरबुबा मोहन प्रसाद ओलीलाई दिनचर्या कसरी बिताउँदै हुनुहुन्छ भनेर सोध्दा उहाँले टोल छिमेकमा साथीभाइसँग गफगाफ गर्ने ।

र केपीको भाषण (भिडिओमा) सुन्ने गरेको बताउनुभयोकेपी ओली वाल्यावस्थामै हुँदा आमा बितेको र हजुरआमाले हुर्काएको उहाँले सुनाउनुभभयो । वाल्यकालमा छोराले केपीलाई विद्यालय पढाउँदाको भुक्तमान सुनाउनुभयो ।

ओलीले एमएसम्म पढेको मोहनप्रसादको भनाइ छ ।मोहनप्रसाद चिना टिप्पनसमेत हेर्नुहुन्छ । केपी ओलीमा जन्मँदै राज योग परेको र राजा बन्ने ग्रह रहेकाले प्रधानमन्त्री बनेको मोहनप्रसादको विश्वास छ । केही समय अघिसम्म शनि ।

ग्रह रहेको र अब फेरि सूर्य अगाडि आएको बुबा मोहनप्रसादले सुनाउनुभयो ।म अहिले ९३ वर्ष पुगें ।

केपी ओली जन्मँदा २२ वर्षको थिएँ, आमा मनमाया ओली २० वर्षकी थिई । खड्गप्रसाद ११ वर्षको हुँदा उसकी आमाले छाडेर गई ।