बालेनको एक्सनले जनता खुशी, नेता जति सबै दुखि !

News

मेयर बालेनले यसको पहिलो सुरुआत महानगरको प्रहरी प्रमुखमा रहेका धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई ल्याएर गरे। अहिले अवैध संरचना हटाउने अभियानमा उनै पाण्डेले सहयोग गरिरहेका छन्।

यसका साथै, उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख डिआइजी मिरा चौधरीले पनि मेयरको अभियानलाई साथ दिएकी छिन्। उनी पनि अहिले महानगरको अवैध संरचना भत्काउने अभियानमा मेयर बालेनसँगै पुग्ने गरेकी छिन्।

काठमाडौं महानगरपालिकाले असार २२ गते नै सार्वजनिक सूचना जारी गर्दै अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएर नक्सापास गराइएका भवनहरूमा पार्किङभन्दा अन्य प्रयोजनका लागि प्रयोग भइरहेको स्थानहरू खाली गर्न सूचना जारी गरेको थियो।

अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएर नक्सापास गराइएका भवनहरूमा पार्किङभन्दा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका जानकारी तथा गुनासोहरू आएका छन्। महानगरले यससम्बन्धी सूचना जारी गरेको छ।

सम्बन्धितहरूले सूचना अनुसार गरिदिनु होला,’ महानगरपालिकाका मेयर बालेनले उक्त सूचना सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘अन्डरग्राउन्ड पार्किङमा मात्रै होइन, जे कुरा जुन प्रयोजनका लागि भनेर बनाइएका छन्, अनुमति लिइएका छन्, ।

तिनलाई आपत्कालीन वा अतिविशेषबाहेकको अवस्थामा अन्य काममा प्रयोग गर्नु गैरकानुनी हो। त्यस्तो नगरौं। महानगर व्यवस्था पनमा सबै जिम्मेवार बनौं।’ महानगरले उक्त ३५ दिने म्याद गुज्रिएपछि त्यस्ता अवैध संरचना हटाउन लागेको हो।

यसरी महानगरले अवैध संरचना हटाउनको लागि थापाथलीमा रहेको नर्भिक अस्पतालबाट सुरु गरेको थियो। तर, अस्पतालले सर्वोच्च गुहारेपछि उक्त स्थान खाली गर्नबाट महानगर रोकियो। यही कुरालाई लिएर मेयर बालेनले कडा कटाक्ष नै गरेका थिए।

उनले अदालतप्रति कटाक्ष गर्दै लेखेका थिए, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन, सायद यो कार्यकालपछि आउँछ कि।’नर्भिक पछाडि भने मेयर बालेन डोजर लिएर नै सडक मा उत्रिएका छन्।

उनले यो अभियान चलाएको केही दिनमा नै महानगरका धेरै कम्प्लेक्स र सरकारी भवनमा पार्किङका लागि भनेर लिएका स्थानहरू खाली गराएका छन्। सरकारी भवनमा पनि महानगरको नजर काठमाडौं महानगरपालिकाका मेयर बालेनको नजर केही सरकारी भवनमा पनि परेको छ।

उनले शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्टमा रहेका संरचनाहरू हटाउन लगाए।सेवा लिन जाने सेवाग्राहीले आफ्ना सवारीहरू विभागको बाहिर (सडक) मा पार्क गर्नुपर्ने बाध्यता रहेको।

र त्यसले समग्र सवारी आवागमनमा असर पुगेको भन्दै गुनासो गरेपछि महानगरको टोलीले शुक्रबार अनुगमन गरी त्यहाँको बेसमेन्टमा बनाइएको संरचना हटाएको छ।

महानगर क्षेत्रका व्यावसायिक प्रतिष्ठानका भवन र सार्वजनिक भवनले सवारी पार्किङका लागि भनेर बेसमेन्ट बनाउन ‘कर छुट’ को सुविधा लिने गरेका छन्।अवैध संरचना हटाउन मेयर बालेन्द्र शाह आफैं अग्रसर भएका छन्।

तर, शुक्रबार राहदानी विभागमा भने मेयर शाह उपस्थित भएनन्। त्यहाँ महानगर प्रहरीसहितको टोलीले संरचना हटाएको हो महान गरले उक्त पार्किङस्थल खाली गराएलगत्तै राहदानी विभागले सूचना जारी गरेर आइतबारदेखि उक्त स्थान पार्किङकै लागि प्रयोग हुने जनाएको छ।

यसअघि आवेदकहरूका लागि होल्डिङ एरियाका रुपमा प्रयोग हुँदै आए पनि महानगरले खाली गराएकाले आइतबारदेखि पार्किङका लागि मात्र उपयोग हुने विभागले सूचनामा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published.