बुधबार , जेठ ४, २०७९

बिबाद परेपछी भिडियोकी नायिका पहिलो पटक मिडियामा/शूटिङ अगाडीनै यस्तो भनेका रहेछन

फागुण ३०, २०७८ सोमबार 345

कपिलवस्तु ।

जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ मा।जनता प्रगतिशील पार्टी नेपालको राम टहल मुराउको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको छ ।

जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र)को प्रमुख अतिथ्यमा कमिटी गठन गरिएको छ कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका केन्द्रीय ।

उपाध्यक्ष फरहान अकबाल खानले हाम्रो परिवारले जनताका लागि दिएको बलिदान सबैमा अवगत नै रहेको बताउदै जनता प्रगतिशील पार्टी सबैको साझा पार्टी भएकाले सबैलाई पार्टी मा आउन आह्वान गर्दै अबको लडाई किसानको हक अधिकारका लागि सबै मिलेर लड्नु पर्ने बताए ।

उहाले जिल्लामा सबैभन्दा उत्म पार्टी सावित हुने र किसानको हितमाकाम गर्ने भएकाले एक दिन सबै पार्टी आफ्नो प्रमुख मुद्दा किसानको समस्या लाई जोड्ने बताए ।

कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले किसानको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी यही रहेको, हामी मिलेर चकलाबंदी, उत्पादन गरेको अन्नको मूल्य,।

समयमा मलको सहजता लगायत किसानको सम्पूर्ण हक अधिकारका लागि आफूहरू यहि पार्टी मार्फत जाने जनता हरूको अधिकारका लागि आफू सधै लडिरहेको र क्षेत्रमा विकास मेरो पहलमा कति भयो जनता माझ अवगत नै छ ।

अबको स्थानीय चुनावमा महाराजगंज नगरपालिका बाट जनता प्रगतिशील पार्टीले आफ्नो उम्मेदवार वडा सदस्य देखि मेयर पद सम्म उठाउने बताउनुभयो l

प्रतिकृया दिनुहोस्