Friday, June 9
Shadow

हर्कको बालेनलाई कटाक्ष : इन्जिनियरले घर मात्रै बनाउँछ समाज बनाउन सक्दैन (भिडिओसहित)

काठमाडौं ।

 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले राजनिती गर्ने व्याक्तिले समाजलाई कसरी बनाउने भन्ने कुरा बुझेर आउनुपर्ने बताए । मेयर साम्पाङले समाज बुझ्नेले मात्रै राजनिती गर्न पनि आग्रह गरेका छन् ।

सुनौलो नेपालसंगको कुराकानीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति टिप्पणी गर्दै मेयर साम्पाङले इन्जिनियरहरुले राजनिती गर्ननजान्ने बताए । ‘इन्जिनियर भनेको त एउटा प्राविधिक हो । उसले प्राविधिक काम गर्ने हो । उसले राजनितीमा आएर निती बनाउन सक्दैन ।’ उनले भने ।

ढुंगा बोक्नेले इन्जिनियरलाई सिकायो भन्ने सामाजिक सञ्जालको टिप्पणीमा मेयर साम्पाङले भने ‘मैले समाजशास्त्रमा स्नातक गरेको छु । तर इन्जिनियरले समाज बुझ्न सक्दैन ।’ इन्जिनियरले घर बनाउन सक्ने तर समाज बनाउन नसक्ने उनको भनाई छ ।

 

उनले देशको अवस्थाको सन्देश दिने ठाउँ काठमाडौं भएकाले काठमाडौंको फोहोर हटाउनुपर्ने बताए । ‘काठमाडौं देशको मुहार हो । त्यो मुहार सफा राख्नुपर्यो नी । मुहारमा कालो दलेको छ भने शरिरको अन्य भाग सफा भएर अर्थ रहदैन ।’ उनले भने ।
हेर्नुहोस् पुरा भिडिओ :