फागुण ३०, २०७८ सोमबार 159
नेपाली कांग्रेसका महामन्त्री ।
गगन थापाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी)बारे जनतामा भ्रम छर्ने काम भएको भन्दै निवारणका लागि गाउँगाउँमा जाने बताएका छन् ।
एमसीसीबारे आफूले जिम्मा लिने र भ्रम फैलाउन नेताहरूलाई पाँच वर्षपछि प्रश्न गर्ने बताए । सुर्खेतमा जारी कर्णाली महोत्सवमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले अरू नेताहरूले जिम्मा नलिए पनि एमसीसीबारे ।
आफूले जिम्मा लिने बताएका हुन् । ‘संसदबाट एमसीसी पास भएपछि राम्ररी घुमेर भ्रम चिर्नुपर्ने अवस्था महसुश गरेको छु । एकथरी ढोंगी र ठगले धेरै नै भ्रम छरेका रहेछन् भन्ने लागेको छ,’ थापाले भने, ‘एमसीसीका ।
कारण नेपालमा विदेशी सेना आउँछ, अरू देशको कानून लागू हुन्छ भन्नेलाई ५ वर्षपछि मञ्चको तल बसेर प्रश्न सोध्ने हो । अछाम गए पनि उम्किन पाउँदैनन्, इलाम गए पनि पाउँदैनन् ।’
प्रतिकृया दिनुहोस्