फागुण २६ काठमाण्डौँ ।
नेपालमा अमेरीकी अनुदान सहायता परियोजना एमसीसी संसदबाट पारित भएपछि उच्च चीनीया अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन् । चीनीया विदेशमन्त्री वागं यी केही साता भित्र नेपाल आउने तय भएको परराष्ट्र स्रोतले बतायो ।
सोमबार परराष्ट्रमन्त्री नारायण खड्काले नेपालमा उच्च स्तरीय भ्रमण हुने जनाउ दिएका थिए ।चीनले औपचारीक रुपमै एमसीसीमा असहमति राख्दै अमेरीकाले दबाबपूर्ण कुटनीति शुरु गरेको भन्दै प्रतिरोध गर्ने चेतावनी दिएको थियो ।
नेपालमा अमेरीका र पश्चिमाहरुको बाक्लो उपस्थिितिलाई चीनले सुरक्षा चासोसँग जोडेर हेर्ने गरेको छ ।अमेरीकाले खास गरी स्वतन्त्र तिव्वतको पक्षमा वकालत गरेकाले नेपालमा अमेरीकी उपस्थिति र गतिविधिलाई चीनले ।
चासोका रुपमा लिने गरेको छ ।संखुवासभा बस दुर्घटना : उपचारका क्रममा थप एक जनाको मृत्युसंखुवासभा — मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु भएका १५ जना पुगेको छ ।
उपचारका लागि हेलिकोप्टरबाट धरान लगिएकी मादी नगरपा लिका–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीका अनुसार मृतक सबै पहिचान खुलेको छ ।
उनले दुर्घटनामा परी गम्भीर घाइते भएकी युका पोखरेलको उपचारका क्रममा धरानमा मृत्यु भएको बताए । उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
मृत्यु हुनेमा मादीकी सीता विक, अञ्जना कटुवाल, भवानीप्रसाद दाहाल, इन्द्र अधिकारी, दिक्षा कटुवाल, बलबहादुर कार्की, सबिता कार्की, दिपककुमार दाहाल रहेका छन् ।
त्यस्तै, ताप्लेजुङकी समीक्षा योञ्जन, उनका छोरा सुदिप घिसिङ, मादीका श्याम शेर्पा, आइतबहादुर तामाङ, तेह्रथुमका चालक विपिन निरौला र मादीका सहचालक उमेश भट्टराईको मृत्यु भएको डिए सपी सुवेदीले बताए ।
अन्य घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्