भारतले बोलाएन भनेर माधव नेपाल क्वाँ-क्वाँ, ओलीले पाए सुइँको ?भिडियो हेर्नुहोस

News

काठमाडौँ ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र वर्तमान सरकार लिम्पियाधुरा लिपुलेकबारे चुइक्क नबोलेको बताएका छन् सोमबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले लिम्पियाधुरा ।

र लिपुलेक नेपालको नक्सामा समेट्दा भारत आफूसँग रिसाएको पनि बताए उनले लिम्पियाधुरा र लिपुलेक कसको हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे । ‘सम्माननीय प्रधान मन्त्री ज्यू दार्चुलाको भूमि नेपालको हो कि होइन ? ।

बोल्नुहुन्न उहाँ । महान क्रान्तिकारी भन्ने प्रचण्ड लिम्पियाधुरा कसको हो बोल्नुहुन्न, अस्ति भारत जाँदा पनि चुइक्क बोल्नुभएन’, अध्यक्ष ओलीले भने, ‘माधव नेपाल अर्को हुनुहुन्छ फेरि, उहाँ पनि बोल्नुहुन्न ।’उनले शेरबहादुर र प्रचण्डलाई।

भारतले बोलाए पनि माधवलाई नबोलाएको भनेर छटपटी भएको आरोप लगाए । ‘उहाँलाई शेरबहादुरलाई बोलायो, प्रचण्डलाई बोलायो तर मलाई बोलाएन भनेर छटपटी भएको छ’, ओलीको भनाइ छ ।उनले नेपाली काँग्रेस ।

नसप्रिएकोमा आफूलाई अचम्म लागेको भन्दै लोकतन्त्रमा फरक विचार र मान्यतालाई सुन्न र अस्तित्व स्वीकार्नुपर्ने भएपनि गठबन्धन त्यो दिशामा नभएको बताए । उनले गठबन्धनलाई तानाशाहीको संज्ञा समेत दिए ।

‘फरक विचारलाई मान्दैनन्, अहिलेको गठबन्धन तानाशाही जस्तै हो’, ओलीको भनाइ छ ।उनले गठबन्धनले एमसीसीबारे गठबन्ध नमा रहेका दलहरुले दोहोरो चरित्र देखाइएको भन्दै ।

 

ढाँटछल, बेइमानी, देशद्रोही क्रियाकलाप वर्तमान सरकारबाट भइरहेको बताए । ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाव नमानी जस्ताको तस्तै पास गरेकोमा आपत्ति जनाए

Leave a Reply

Your email address will not be published.