Sunday, March 26
Shadow

अवैध संरचना हटाउने बालेनको अभियानमा उपमेयर सुनिताको आपत्ति

महानगरपालिकाको ।

 

अनधिृकत संरचना भत्काउने अभियानप्रति उपमेयर सुनिता डंगोल असन्तुष्ट छिन् ।पार्किङका लागि भनेर नक्सा पास गरिएका तर, व्यापारिक प्रयोजनमा ल्याइएका नक्सा पास नै नगरी मापदण्ड विपरीत बनाइएका घरटहरा भत्काउने अभियानलाई महानगरले तीव्रता दिएको छ ।

उक्त अभियानको नेतृत्व स्वयं बालेन्द्र साह (बालेन) ले गरिरहेका छन् । अधिकांश सार्वजनिक कार्यक्रम र महानगरको अरु गतिवि धिमा मेयरकै अगाडि उभिएको देखिने सुनतिा अवैध संरचना भत्काउने अभियानमा भने ।

कतै पनि बालेनसँग देखिएकी छैनन् । श्रोतका अनुसार उनले मेयर साहसँग जबर्जस्ती गर्न नहुने भन्दै उक्त अभियानप्रति आपत्ति जनाएकी छन् । सुनिताको दल एमालेका नेताहरुले पनि बालेनको अभियानको विरोध गरेका छन् ।

सांसदसमेत रहेका एमाले नेता महेश बस्नेतले त यस्तै गतिविधि जारी राखे बालेनविरुद्ध प्रतिकारमै उत्रनेसम्मको चेतावनी दिएका छन् ।विगतमा आफूले धेरैलाई तह चलाएको भन्दै उनले २/४ सय ट्यापे र फेसबुकेको आडमा चुरीफुरी नगर्न ।

बालेनलाई चेतावनी दिए । उनले बालेन समर्थक ट्यापे र फेसबु केहरुलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व आफूले गर्ने घाषणा नै गरेका छन् । बालेनले बिहीबार काठमाण्डुको नयाँबाने श्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि एमाले वृत्त बढी नै आक्रोशित भएको छ ।

बस्नेतले आफू र आफ्ना अध्यक्ष केपी ओलीसँग अल्फाबिटा सञ्चालकले फोटो खिचाएका कारण डोजर चलाइएको भए बालेनको सन्की र लहडी आतंक बन्द गर्ने चेतावनी फेसबुकमार्फत सार्वजनिक गरेपछि ।

उनी सामाजिक सञ्जालमा लखेटाएमा परेका छन् । अवैध संरचना भत्काउने क्रममा अल्फाबिटा सञ्चालक र बालेन्द्रबीच भना भन समेत भएको थियो । अल्फा सञ्चालक आफ्नो दलनिकट भएकै कारण उनीमाथि तारो बनाइएको ।

बुझाइ एमाले नेताहरुको छ । उपमेयर डंगोल पार्टीकै निर्देशनमा अभियानमा सहभागी नभएको मेयर बालेन्द्रका एक सहयोगीले बताए । ‘महानगरका सबै काम र सामाजिक।

काममा समेत मेयर र उपमेयर कहिल्यै छुटेको देखिँदैन’, उनले भने, ‘एमालेको निर्देशनमा उहाँ अवैध संरचना हटाउने अभियानको विरोधमा हुनुहुन्छ, कतै पनि जानुभएको छैन ।’