बुधबार , जेठ ४, २०७९

एमसिसीकाे रकमले चाँडै देश विकास गर्न सकिन्छ : प्रधानमन्त्री देउवा

फागुण २८, २०७८ शनिबार 1137

प्रधानमन्त्री शेरबहादुर।

देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभएको छ  उहाँले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न ।

सकिए चाँडै देश विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो । नेपाली कांग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यस  मितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदा स्थापन समारोहलाई सम्बोधन गर्दै ।

प्रधानमन्त्री देउवाले एमसि सीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताउनुभयो ।

कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सरका रमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचन मा सहभागी हुने जानकारी दिनुभयो । उहाँले गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए ।

स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भा वना प्रबल भएकाले गठबन्धनमा चुनाव लड्ने विषयमा दलहरुसँग छलफल चलिरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्