काठमाडौं ।
महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेर घरधनीको झाँको झारेका छन् । मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै उनी आक्रोशित तवरले पेस भए ।
आज बानेश्वरका विभिन्न स्थानमा रहेका व्यापारिक कम्प्लेक्सका बेसमेन्ट खाली गराउने क्रममा मेयर साह अल्फाबिटा पुगेका हुन् । त्यसक्रममा अल्फाबिटाका मालिक द्विराज ।
शिवाकोटीसँग उनको बाझाबाझ भएको थियो ।बालेनले बेसमेन्ट खाली गर्न आदेश दिएपछि शिवाकोटीले प्रतिवाद गरेका थिए । आफूहरुले पार्किङका लागि अलग्गै स्थान ।
छुट्याएकाले बेसमेन्टलाई व्यवसायिक प्रयोजनमा लगाएको उनको भनाइ थियो । तर, बालेनले उनको जवाफमा चित्त बुझाएनन् । बेसमेन्टलाई भाडामा लगाउनै नपाइने मापदण्ड उनले सम्झाए ।‘तपाईंको विल्डिङको पार्किङ कहाँ छ ?’
बालेन प्रश्न गरे । ‘काठमाडौंका सबै विल्डिङमा पार्किङ छ त हजुर ?’ शिवाकोटीले प्रतिपश्न गरे । बालेनले कमर्सीयल विल्डिङमा पार्किङ हुनैपर्ने जवाफ दिए ।