नेकपा एमालेका ।
सांसद महेश बस्नेतले सामाजिक संजाल फेसबुकमा गाली गर्ने केही व्यक्तिहरुलाई सुधार गृहमा लैजानुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँको एक कलेजको कार्यक्रममा सम्बोधन गर्दै नेता बस्नेतले गाली गर्नेहरूलाई सुधार गृहमा लैजानुपर्ने ।
र त्यसको नेतृत्व आफूले गर्ने बताएका छन्। नेता बस्नेतले ‘२–४ जना फेसबुके ट्यापेहरूले मान्छेलाई गाली गरेर केही हुन्न। उनीहरू लाई सुधार गृहमा लैजाने हो। निराश हुनुपर्दैन, २–४ जना ट्यापेह रूलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व महेश बस्नेतले गर्छ, चिन्ता लिनुपर्दैन।’
त्यस्तै, बस्नेतले सामूहिक भावनाअनुसार अगाडि बढ्नुपर्ने बताउँदै मपाईंत्व गर्ने र गाली गर्नेहरूलाई सुधार गृहमा लगिने बताए। उनले हिजोआज लोकप्रियतावादी हुन ।
खोज्ने प्रवृत्ति देखा परेको बताए।त्यस्तै, बस्नेतले शुक्रबार अपराह्न फेसबुकमा एक पोस्ट गर्दै लेखेका छन्, ‘कति कमजोर धरातलमा टिकेका रहेछौं नवउदारवादी, मवादी र सस्तो लोकप्रियतावादी साथी हो। मेरो एउटा सानो स्टाटसले नै भूकम्प गयो त!’