बुधबार , जेठ ४, २०७९

एमसीसीको कारण ढुंगामुढा हुने डर ले गाउँ नै जाननसक्ने अवस्था आयो ,डा बाबुराम भट्टराई

फागुण २७, २०७८ शुक्रबार 467

पूर्वप्रधानमन्त्री बाबुराम ।

भट्टराईले एमसीसी सम्झौतालाई संसदबाट सर्वसम्मत् रुपले पारित गर्नुपर्ने बताएका छन् । आइतवारको प्रतिनिधि सभा बैठकमा उनले एमसीसीमार्फत् नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदबाट एकमतले पारित गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले एकमतले एमसीसी पारित गर्नका लागि आवश्यक कदम चाल्न सत्तापक्ष र प्रतिपक्षलाई आग्रह गरे । उनले भने, ‘सबै हिसा बले हामीले एमसीसीमार्फत् जो अनुदान सम्झौता छ, ।

अनुदान सहयोग छ । यसलाई लिएर जानु नै उपयुक्त हुन्छ । यस तर्फ हामीले ध्यान दिऊँ । प्रमुख प्रतिपक्षसँग पनि मेरो आग्रह छ, गठबन्धनका साथीहरुसँग पनि आग्रह छ, हामीले एकमतल यस लाई पारित गरेर हामी अगाडी बढौँ ।

यो नै नेपालको हितमा छ । यस निम्ति आवश्यक कदम चलाऔँ भट्टराईले एमसीसी सम्झौता सामान्य अनुदानको विषय भए पनि यसलाई राजनीतिक दलहरुले गिजोलेको बताउँदै ।

एमसीसीलाई तलतलसम्म विषाक्त बनाउनेहरु नै व्याख्यात्मक टिप्पणीमार्फत् पारित गर्ने ठाउँमा आइपुगेकोमा खुशी व्यक्त गरे  एमसीसीको पक्षमा बोल्दा राष्ट्रघातीको आरोप लाग्ने, ढुंगामुढा हुने र आफ्नै निर्वाचन क्षेत्रमा जान नसक्ने ।

अवस्था सिर्जना भएको उनले बताए । भट्टराईले तल्लो तहसम्म एमसीसी विषाक्त बनिसकेको बताए । उनले व्याख्यात्मक टिप्प णीलाई नेताहरुले आफ्नो लाज छोप्न बनाएको पातलो लगौटी भएको टिप्पणी गरे । भट्टराईले भने, ।

‘मलाई खुशी लागेको छ कतिपय हाम्रा मित्रहरुले भर्खरै एउटा समझदारी गर्नुभएको छ भन्ने मैले सुनेको छु । व्याख्यात्मक टिप्पणीमार्फत् जो उहाँहरुले हिजो तल तलसम्म विषाक्त बनाउनुभयो,

प्रतिकृया दिनुहोस्