एमालेले चुनाव नजिते देश २० बर्ष पछि धकेलिन्छ : एमाले सचिव टोपबहादुर

News

काठमाडौं ।

 

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन कुनै पनि हालतमा नेकपा एमालेले जित्नुपर्ने बताएका छन् ।पाँच दलीय गठवन्धनले जिते देश थप २०÷२५ बर्ष पछि धकेलिने भन्दै उनले नेकपा एमालेले जितेमा देश विकासतर्फ उन्मुख हुने बताए ।

चितवनको भरतपुरमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले एमालेविरुद्ध बनेको गठबन्धनले निर्वाचनमा जितेमा देश अहिलेकै जस्तो हालतमा पुग्ने र नेपाली जनता थप निराश हुनुपर्ने अवस्था आउने बताए ।

उनले एमाले विरुद्ध अरु पार्टीहरु अस्तित्व रक्षाका लागि गठबन्धन गरेर आउन लागेका बताए । ‘एमाले बलियो छ भनेर नै उनीहरु गठवन्धनमा टुक्रेटाक्रे दलहरु जोडजाड गर्दैछन्’ उनले भने, ‘स्थानीय तहमा भएका कमी कमजोरीलाई सच्याउँदै एमाले चुनावमा बहुमत ल्याउने गरी जान्छ ।

आफूलाई वामपन्थी भन्ने पार्टीहरू कांग्रेसलाई ठूलो पार्टी बनाएर अस्तित्व रक्षामा लाग्नु दुःखद भएको उनले बताए ।एमाले सचिव रायमाझीले भने ‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई गिराएर विपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रवृत्तिलाई  ।

के भन्ने रु कम्युनिष्टको भोटले जित्ने, पार्टीको प्रधानमन्त्री बनाउने अनि गिराउने, दुनियाँमा यस्तो कहिँ पाइदैन, पूँजीवादी विचार बोकेर समाजवादमा पुग्न सकिदैन ।

 

अहिले अराजनीतिक, असैद्धान्तिक खालको गठबन्धन बनिरहेको भन्दै सचिव रायमाझीले जसरी भए पनि गठबन्धन बचाउने, लुटेर खाने प्रवृत्ति देखिएको आरोप लगाए । उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर यो यो ठीक छैन भन्ने सन्देश दिएको बताए ।

Leave a Reply

Your email address will not be published.