Sunday, March 26
Shadow

फेसबुकबाट लभ परेर जुम्ल्याहा दाजुभाइले गरे जुम्ल्याहा दिदिबहिनी संग बिहे ( हेर्नुस् भिडियो)

भनिन्छ नि विवाह ।

देखेको होइन लेखेको हुन्छ । एउटा संयोग पनि यस्तो बन्यो कि जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनी बिहे गर्ने । नेपालमा यस्तो संयोग कमै हुने गरेको छ तर अहिले प्रविधिको विकासले धेरैलाई सहज पनि बनाइदिएको छ।

तर पनि संयोग भने कमै हुन्छ ।धरानमा पनि एक जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा नै दिदीबहिनी पाएका छन् । उनीहरुले यसलाई संयोग मान्दै विवाहको तयारीमा लागेका छन् । मङ्गलबार यी जोडीहरुबीच ‘इन्गजेमेण्ट’ समेत भयो ।

राम–लक्ष्मण कार्की दाजुभाइले गंगा–गमुना कोइराला पाएका हुन् । धरानमा घर भएका उनीहरुले भोजपुरका यी जोडीसँग विवाह गर्न लागेका हुन् । राम–लक्ष्मण व्यवसायी हुन् ।

भने गंगा–जमुना अध्ययनरत् विद्यार्थी हुन् ।गंगा कोइरालाले आफूहरू चार जना सँगै देख्दा मान्छेहरूले अचम्म मानेर हेर्ने गरेको बताइन् । ‘आजको इन्गेजमेण्टमा त धेरैले ।

अनौठो मानिसक्नुभयो’, उनले भनिन्, ‘हामी त धेरैपल्टै झुक्कियौं, विवाहपछि पनि नझुक्किने कुरै छैन ।’ उनले थपिन्, ‘हामीलाई केही सोध्दैनन् तर घुरेर हेर्छन् ।’इन्गेजमेण्टमा उपस्थित धेरै आफन्तहरु पनि अचम्मित थिए ।

‘जुम्ल्याहा विवाह त धेरै सुनिए तर एकैघरमा दिदीबहिनीसित विवाह गरेको कमै सुनिन्छ’, लक्ष्मी सिजापतिले भनिन्, ‘यो एउटा संयोग हो ।’