बुधबार , जेठ ४, २०७९

धेरै गल्ति गरे अब सुध्रिन्छुः कमल थापा

फागुण २७, २०७८ शुक्रबार 172

राप्रपा नेपालका ।

अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी–कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता दोहो¥याएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै थापाले पार्टीलाई ठूलो बनाउने ।

नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने प्रतिबद्धता दोहो¥याएका हुन् । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाल अरु पार्टी भन्दा फरक बिचार र पहिचान बोकेर ।

हिडेको पार्टी भएको भन्दै उहाले लक्ष्य अनुसार अघि बढ्न अब कसैले रोक्न नसक्ने तर्क गरे ।थापाले सनातन धर्म संस्कृति र परम्पराकोे रक्षा गर्दै सुशासनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे ।

त्यस्तै उनले अहिले देशका हरेक क्षेत्रमा महिलाको उपस्थितिलाई बढाउन र महिलाको हकहित र अधिकारको रक्षा गर्न प्रतिबद्ध भएर लाग्ने धारणा पनि राखे ।

प्रतिकृया दिनुहोस्