एमाले ले बहुमत ल्याएन भने देश नै डुब्छ : केपि ओलि

Lifestyle

काठमाडौं : ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन्।सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो ।

पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नाे भूमिबारे चुइँक्क बोल्न नसकेको बताएका हुन्।

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै ६० वर्षअघि हाम्रो हातबाट खोसेर लगेको सो जमिन हाम्राे हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण गराए। दलका नेताहरु आफ्ना ।

छोरीबुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको उनले दोहोर्‍याए। गठबन्धनले राजनी तिलाई दुश्मनीको विषय बनाएको भन्दै ।

ओलीले आपत्ति जनाए।मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने उनको भनाइ छ।यस्तो छ ओलीको भनाइ यस पार्टीका नेताहरु छोराबुहारीलाई माथि उठाउन काम गरिरहेका छैनन् ।

यहाँका नेताहरु श्रीमती, साला, भाइ, भतिजा, आफन्त, परिवारका सदस्य, नातागोताहरुलाई माथि उठाउन लागि रहेका छैनन् । देश बनाउन लागेका छन् नेकपा एमालेका नेताहरु । र, सिंगै पार्टीले देश बनाउने काममा केन्द्रित भएर आग्रह गरिरहेका छौं ।

आज देशको सार्वभौमसत्ता भएको मन नपर्नेहरू, पटक पटक नाका बन्दीमा पर्छन् । एउटै देशतिर मात्रै बाटो । नाकाबन्दीमा पर्न नदिन का लागि अर्कोतिरबाट पनि बाटो खोल्नुपर्छ । अर्को देशतिरबाट पनि बाटो खोल्ने ।

यताबाट ब्लक गर्‍यो भने उता तिरबाट बाटो खोल्ने त्यत्ति गर्यो भने त नाकाबन्दी हुँदैन । तर, त्यत्ति नगर्ने । यहाँ कस्तो भयो भने हाम्रो राष्ट्रियता त कायरताको कारण रह्यो । जनता संयमित छ । तर, नेता हरु सत्ताको लोभ, त्यसले गर्दा थप्पड लगायो भने गएर खुट्टा समा एर आमा भनेर रुन्छ नि बच्चाले ।

त्यस्तै थप्पड लगायो भने पनि त्यसलाई सहेर बस्ने तर त्यसको विकल्प नखोज्ने,चीन त्यहाँ छँदै थियो । पहिल्यैदेखि थियो । किन बाटो नखोलेको ? किन पारवहन, यातायात सम्झैताका नगरेको ? किन सधैंका लागि नाकाबन्दीबाट देशलाई मुक्त नगरेको ? हामीले त्यसलाई मुक्त गरेका छौं ।

नेकपा एमाले त्यस्तै पार्टी हो ।६० वर्ष अगाडिदेखि, १४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले नै लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाउँदैन, बोल्दैन ।

नेकपा एमाले बोल्यो, हामी बोल्यौँ । र,

Leave a Reply

Your email address will not be published.