Monday, June 5
Shadow

जर्मनीमा नेपाली विद्यार्थी अनुप रानाभाटको निधन, श’व नेपाल पठाउन सहयोगको अपिल

जर्मनी ।

 

जर्मनीको फ्र्यांकफर्टमा अध्ययनको शिलशिलामा रहेका नेपाली विद्यार्थी अनुप रानाभाटको नि’धन भएको छ । २७ वर्षका रानाभाट ६ बर्ष पहिले अगष्ट २२ का दिन अध्ययनका लागि जर्मनी आएका थिए ।

रानाभाटको २२ अगष्टकै दिन क्यान्सरको कारण नि’धन भएको आफन्तजनलाई उद्धृत गर्दै एनआरएनए जर्मनी हेसेन शाखाका संयोजक ज्योति राईले जानकारी दिए । नेपालमा बुटवल स्थायी घर भएका मृतक रानाभाटका परिवारले उनको श’व नेपाल पठाइदिन र आवश्यक प्रवन्ध साथै खर्चको व्यवस्थापन गर्न ।

आग्रह गरेको संयोजक राईले जानकारी दिए । श’व नेपाल लैजान का लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने र सो बराबरको रकम जम्मा गर्न परिवारलाई कठिनाई रहेको उनका नजिकका आफन्त जनले बताएका छन् ।

परिवारजनको आग्रह अनुसार एनआरएनए हेसेनले सहयोग रकम संकलन कार्य सुरु गरिसकेको र अहिलेसम्म ४ हजार युरो भन्दा माथि अर्थात ५ लाख रुपैया संकलन भएको राईले बताए ।

फ्रयां कफर्ट स्थित फ्रयांकफर्ट युनिभर्सिटी अफ अप्लाइड सा इन्समा वायो प्रोसेसिङ इन्जिनियरिङ विषय अन्तर्गत छैठौं सेमे स्टरमा अध्ययन गरिरहेका रानाभाट करिब १ बर्ष पहिलेदेखि ट्युमरको क्यान्सरबाट ग्रसित थिए ।

२०१८ मा क्यान्सर भएको थाहा भएपछि धेरै पटक शल्यक्रिया र विभिन्न अस्पतालहरुमा उपचार गराउँदा पनि मृ’त्युलाई जित्न नसकेपछि अहिले परिवारजन शोकमा डुबेको छ ।

श’ब नेपाल पठाउने कम्पनीसँग कार्य अघि बढाउने गरी छलफल भइरहेको र प्रक्रिया पूरा गरेर सक्दो चाँडो शव पठाइने संयोजक राईले बताए ।