बुधबार , जेठ ४, २०७९

नजरबन्दबाट मुक्त भएँ विश्वको सुन्दर देश नेपालमा घर बनाएर बाँकी जीवन बिताउन चाहन्छु: आङ सान सुकी

फागुण २७, २०७८ शुक्रबार 540

नजरबन्दबाट मुक्त

भएँ विश्वको सुन्दर देश नेपालमा घर बनाएर बाँकी जीवन बिताउन चाहन्छु: आङ सान सुकी बर्मेली संसदको पहिलो बैठक आयोजना गरिएको थियो, बर्माको नयाँ राजधानी न्यापितमा। राष्ट्र प्रमुख सरह को स्टेट काउन्सिलरको हैसियतमा रहेकी सर्वोच्च लोक तन्त्रवादी नेतृ आङ सान सुकी राजधानी ।

न्यापितको इन्यालेकस्थित निवासमा थिइन्। राष्ट्रपति विन मिन्ट पनि न्यापितमै थिए।तर १९ माघ बिहानै बर्मेली सेना प्रमुख मिङ ओङ लाइङले सैनिक शक्तिको बलमा ‘कु’ गरे। नेतृ सुकी, राष्ट्रपति मिन्टलगायत सत्तारूढ दलका शीर्ष नेताहरूलाई सेनाले पक्राउ गर्यो। गत नोभेम्बरमा भएको ।

निर्वाचनमा सुकीको दलले धाँधली गरेर विजय हासिल गरेको आरोप लगाउँदै एक पटक पनि बैठक नबसी संसद विघटन गरिदियो, सेनाले। सुकी, राष्ट्रपति मिन्टलगायत सत्तारूढ दलका नेताहरू अहिले पनि नजरबन्दमै छन्। १९ माघयता बर्मामा जे–जे भइरहेका छन्, धेरै नेपाली त्यहाँका राजनीतिक घटनाबारे।

जानकार छैनन्। तर, ठहिँटी (काठमाडौं) नजिकैको नःघलस्थित धर्मकीर्ति विहारकी प्रमुख (गुरुमा) भिक्षु धम्मावती (धर्मावती शाक्य) भने बर्मामा भइरहेका हरेक राजनीतिक घटनाक्रमबारे निरन्तर ‘अपडेट’ छिन्। धम्मावतीको यो चासो ।

स्वाभाविकै हो। किनभने किशोर वयमै भिक्षु जीवनमा प्रवेश गरेकी उनी ५०–५५ वर्षको अवधिमा दर्जनौंपटक बौद्धकर्मका लागि बर्मा पुगेकी छन्, त्यहाँका बौद्ध विहारहरूमा वर्षाैं बिताएकी छन्। तर ८७ वर्ष पुगिसक्दा पनि बर्मेली राजनीतिबारे उनमा यति धेरै चासो हुनाको कारण त्यति मात्र होइन।

सुकी परिवारसँग झण्डै ५५ वर्ष लामो निकट सम्बन्ध नै धम्मावतीमा रहेको बर्मेली राजनीति र सुकीबारे चासोको मुख्य कारण हो।बीपी कोइराला प्रधानमन्त्री रहेका बेला २७ चैत २०१६ मा नेपाल र बर्माबीच दौत्य सम्बन्ध स्थापना गर्ने निर्णय भएको थियो। पाँच महिनापछि २०१७ भदौ दोस्रो हप्ता नेपालका लागि बर्मेली राजदूत खिन यी काठमाडौं आइन्।

राजदूत खिनले १४ भदौ (२०१७) मा नारायणहिटी राजदबारमा आयोजित कार्यक्रममा राजा महेन्द्रसमक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेस गरिन्। काठमाडौंमा बर्माको राजदूतावास स्थापना भइनसकेकाले नयाँदिल्लीबाटै नेपाल हेर्नेगरी खिनलाई बर्मेली सरकारले जिम्मेवारी दिएको थियो।

नेपालका लागि पहिलो बर्मेली राजदूतको जिम्मेवारी पाएकी खिन यी खासमा नोबेल पुरस्कार विजेता बर्माकी लोकतन्त्रवादी नेतृ आङ सान सुकीकी आमा थिइन्। सानैदेखि दार्जिलिङमा बसेर शिक्षा हासिल गरेकी सुकी, आमा खिन यीका साथ त्यही बेला पहिलोपटक काठमाडौं आइन् ।

बौद्धमार्गी मुलुक बर्मा र गौतम बुद्धको जन्मभूमि नेपालका बौद्ध भिक्षुबीच उतिबेला पनि निकै ओहोरदोहोर चलिरहन्थ्यो। खिन यी जन्मजात क्रिश्चियन थिइन्। तर सन् १९४२ मा बौद्धमार्गी पूर्वजनरल आङ सानसँग बिहे भएपछि खिनले पनि बौद्धधर्म अँगालिन्।सुकीका पिता जनरल आङ सान ब्रिटिस ।

उपनिवेशवादविरुद्ध बर्मामा भएको संघर्षका प्रमुख नेता थिए। बर्माले स्वतन्त्रता पाउने भएपछि उनी स्वतन्त्रतापूर्व नै प्रधानमन्त्री बने। तर स्वतन्त्रता प्राप्त गर्ने मितिअगावै १९ जुलाई १९४७ मा उनको हत्या भयो। बर्मेली जनता जनरल आङ सानलाई ‘राष्ट्रपिता’ का रूपमा सम्मान गर्छन्।

प्रतिकृया दिनुहोस्