बुधबार , जेठ ४, २०७९

“राजेश हमाल एमाले,बाट चुनाव लड्नसक्ने, काठमाडौंको, मेयरका आकांक्षी”

फागुण २७, २०७८ शुक्रबार 121

अभिनेता राजेश हमाल ।

नेकपा एमालेमा प्रवेश गर्ने सम्भावना रहेको छ । उनलाई एमालेमा ल्याउन उक्त दलका नेताहरुले छलफल बढाएका छन् ।“हमालले राजनीतिमा आउने चाहना गरिरहेका छन् । उनले युट्युब च्यानलमार्फत् काठमाडौंको मेयर बन्ने।

इच्छा देखाएका छन् । मेयरको उम्मेदवारको इच्छा देखाएका हमालको एमालेसँग यसबारे छलफल चलेको हो ।“नेपाली चलचित्र क्षेत्रका महानायक भनिने गरिएका हमाललाई एमाले भित्राउन अध्यक्ष केपी शर्मा ओलीसम्म कुरा।

पुगेको स्रोतले बतायो । ओलीले पनि लोकप्रीय अनुहारहरुलाई पार्टीमा ल्याउने प्रयास गरिरहेका छन् ।“ओलीले अभिनेत्री करिश्मा मानन्धरलाई पनि एमाले भित्राउन खोजिरहेका छन् । मानन्धरले ओलीले दुई पटक भेटिसकेकी छिन् ।

यसअघि गायिका कोमल वली एमालेमा प्रवेश गरेर राष्ट्रिय सभाको सदस्य बनेकी थिइन् । वली दाङबाट चुनाव लड्ने तयारीमा छिन् ।-

प्रतिकृया दिनुहोस्