बृद्धभत्ता सुरू गर्ने मान्छे म गफ दिने ओली : अध्यक्ष नेपाल

News

गोरखा ।

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बुढापाकालाई भत्ताको सुरूवात आफूले गरेको बताएका छन् । शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले वृत्तभत्ता आफूहरूले सुरू गरेको कुरा लाप्राकीले बिर्सेजस्तो लागेको समेत बताए ।

उनले भने, ‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री पार्टीका तर्फबाट मुल नेता । यो भत्ताको सुरू गर्ने मान्छे । मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन । कमसेकम स्याबास् भन्नुपर्ने हो नि ।

०५१ सालमा मासिक एक सय रूपैयाँ दिनेगरी आफूले वृद्धभत्ता सुरू गरेको उनले बताए । उनले जनताले सोचेजस्तो, चाहेजस्तो धेरै कुरा नभएपनि केही काम भने भएको बताए ।

लाप्राकमा खानेपानी व्यवस्था गर्न पनि उनले आग्रह गरे । ‘सडक निर्माण भइरहेको रहेछ, यसलाई पूरा गर्नुपर्ने,’ उनले भने, ‘खाने पानी र ढलको पनि यहाँ व्यवस्थापन गर्नुपर्ने रहेछ, म सरकारलाई पनि भन्छु ।

अध्यक्ष नेपालले मानिस जाँडको मातले जस्तै पदको मातले पनि लाग्ने भन्दै सरकारलाई खबरदारी गरिरहन आग्रह गरे । ०५१ सालको सरकारले देशका ।

चार हजार गाउँलाई सम्झिएको बताउँदै अध्यक्ष नेपालले भने, ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो ।’

Leave a Reply

Your email address will not be published.