हरी गजुरेल ।
विवाहजस्तो पवित्र नाता सम्बन्धलाई पत्रुहरूले कसरी पैसा कमाउने माध्यम बनाउँछन् ? यस्तै केही पात्रका कारण एकबारको जीवन कष्टकर ढंगले झेलिरहेका रिटायर्ड (०६६ सालमा) उपसचिव हुन् भीमलाल लामिछाने ।
पोखरा मूल घर भएका लामिछाने तीन छोरा र दुई छोरीका पिता, जेठी श्रीमती बाउँठिएर हिँडेपछि एक्लै जीवनको रथ काटिरहेका थिए । ०५० सालमै जेठी श्रीमती अंश लिएर अलग भइन् । १७ वर्षसम्म एक्लै बस्दै आएका उनीहरूको सम्बन्धमा ०६३ साल साउनबाट कानुनी रूपमै पूणर्विराम लाग्यो ।
छोरा-बुहारी अलग, श्रीमती अलग हुँदा बुढेसकालमा गाह्रो-साह्रो पर्दा, बिरामी हुँदा कोही साथै भइदिए त हुन्थ्यो भन्ने लाग्थ्यो ।२७ वर्षदेखि जीवनको रथ एक्लै गुडाइरहेका उनीसँग ठोक्किन आइ पुगिन् चितवनकी शारदा पौडेल, ।
संविधानसभा सदस्य, नेपाली कांग्रेसको कोटाबाट । उनैले कल्पना डौलियाको नाम लिँदै भनिन्, ‘तपाइ डिभोर्सी, कल्पना पनि डिभोर्सी । डिभोर्सी डिर्भोसीको जोडी क्या सुहाउँछ, विवाह गर्नुस् ।’
प्रतिकृया दिनुहोस्