बल्ल देखियो बालेन सुनिताको पावर, काठमाडौंमा घर भएका मात्र नभई भाडामा बस्नेहरु समेत खुसीले गदगद !

News

काठमाडौं ।

 

चौतर्फी घेराबन्दीका बीच षडयन्त्रको जालो तोडेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दृढ विलिङ पावर देखाइदिएका छन् ।फोहोरको बिषयलाई लिएर महामारी रुप लिने चिन्ता व्यक्त हुन थालेका बेला ।

 

विचलित नभइ काठमाडौंका मतदाता मात्र नभई भाडामा बस्ने र कहिलेकाही आउजाउ गर्नेहरुलाई खुसीको खबर बाडेका छन् ।काठमाडौं महानगरपालिकाले भोलिसम्ममा सडकका फोहोर उठाइसक्ने लक्ष्य दिएको जानकारी दिएको छ ।

यो खबर बाहिरिएपछि काठमाडौका मुख्य चोकचोक, सडक किनारा र गल्लीगल्लीमा थुपारिएको फोहोरका कारण आजित काठमाडौंका स्थायी बासिन्दा र अस्थायी बासिन्दाहरु खुसीले गदगद भएका छन् पछिल्लो केही दिनयता दैनिक रुपमा ।

झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा गरेको महा नगरले जानकारी दिएको छ ।आज महानगरपालिकाका कमलादी र कमलपोखरी क्षेत्रका फोहर उठाइने महानगरले जनाएको छ । त्यस्तैगरी भोलि कहाँ कहाँ फोहोर छुटेका छन् तिनीहरुकमो अनुगमन गरेर उठाइनेछ ।

यसअघि महानगरपालिकाले कुहिने र नकुहिने फोहरलाई छुट्याउन प्रत्येक घरलाई निर्देशन दिएको थियो । यद्यपि अहिले भने महानगरले सडकबाट एकै वर्षमा राखेर फोहोर उठाएको छ ।यो पटकको फोहोर व्यवस्थापन सकिएपछिको चरणमा मात्रै कुहिने र नकुहिने वर्गिकरण गरिने बताइएको छ ।

विगतका समयभन्दा लामो गरि सडकका फोहोर नउठेपछि काठमाडौं दुर्गन्धित बनेको थियो । फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडाका स्थानीयले आन्दोलन चर्काएपछि व्यवस्थापनमा समस्या परेको थियो ।

Leave a Reply

Your email address will not be published.