प्रचण्डले भने -एमालेले नागरिकता विधेयकको गलत उद्देश्यले भ्रमपूर्ण प्रचार गर्यो

News

नेकपा माओवादी ।

 

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको एमालेले गलत उद्देश्यले भ्रमपूर्ण प्रचार गरेको बताएका छन् ।
बुधबार बिहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमालेले।

प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको जिकिर गरे । ‘नागरिकता विधेयक संसदमा ल्याउँदा एमालेले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही होइन’, उनले भने, ‘आमाबुवा दुवै नेपाली ।

भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो । उनी हरू सबै अवसरबाट बञ्चित भए । त्यो स्थितिको अन्त्य गर्ने कुरा हो’ उनले भने, ‘त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन ।

केपी ओली प्रधानमन्त्री हुँदा अध्यायदेशका रुपमा यही विधेयक लिइएको थियो । जसले यही विधेयक अध्यादेशका रुपमा लिएका थिए तिनिहरूले राष्ट्रघाती भन्दा बेइमानी र अनैतिकताबाहेक अरु केही नरहेको उनले बताए ।

 

एमालेले चुनाव नजिकिएका बेला राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्नका लागि जनतालाई भ्रम पार्न यस्तो गलत प्रचार गरेको प्रचण्डको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published.