बुधबार , जेठ ४, २०७९

पाचबर्ष सम्म सिंको नभाच्ने अहिले फेरि कुन मुख देखाएर भोट माग्न आएको भन्दै धोबि हाने स्थानीय जनताले।(भिडिओ)

फागुण २६, २०७८ बिहिबार 1357

अमेरिकी सहयोग ।

परियोजनाले नेपालका केही राजनीतिक दलहरुको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको संकेतहरु देखिन थालेका छन् । एमसीसीकै कारण मुलतः नेपालमा कम्युनिष्ट दलहरुको अस्तित्वमाथि संकट पैदा भएको हो ।

करिब ३ बर्ष अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नेपालमा कम्युनिष्ट युग सुरु भएको चर्चा चलेको थियो तर त्यो चर्चा ३ बर्ष भन्दा बढी समयसम्म टिक्न सकेन् ।त्यसको मुख्य कारण थियो यही एमसीसी ।

एमसीसीकै कारण देशकै ठूला दल मध्येको एक नेकपा एमाले पनि फुट्यो र माधव कुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ ।आउने चुनावमा आफ्नो अस्तित्व जोगाउन नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले ।

अन्तिम समयमा सबैलाई चकित पार्दै एमसीसी पास गर्ने पक्षमा आफूहरुलाई उभ्याए । अहिले पार्टीभित्र र पार्टी बाहिर प्रचण्ड–माधव घेराबन्दीमा परेका छन् । प्रचण्ड–माधवले पार्टीभित्रै एमसी सी विरो’धी नेताहरुबाट चुनौती झेल्न थालेका छन् ।

सत्ता गठबन्धनमा पनि नेपाली काँग्रेसले चुनावमा गठबन्धन नगर्ने सम्भावनाले प्रचण्ड–माधवहरु एमसीसी पास भएपछि झनै अप्ठ्यारोमा परेका छन् ।एमसीसी अनुमोदन गरेपछि चीन पनि प्रचण्ड–माधवसँग सशंकित छ । यसरी उनीहरु जताततैबाट अप्ठ्यारोमा परेका छन् ।

एमसीसी अनुमोदनको पक्षमा नलाग्दा सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध हटाउने प्रस्ताव आउने देखि चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव फिर्ता हुने अवस्था बन्थ्यो ।प्रचण्ड–माधवले त्यो जो’खिम मोल्न तयार भएनन् । तर, उनीहरुले पार्टीभित्र दुर्घ’ट’नाको चुनौती झेल्न थालेका छन् ।

कुनैपनि बेला माओवादी र समाजवादी विभाजन हुने अवस्था विकास भएको छ ।नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र पक्षधर नेताहरुलाई मिलाउन प्रचण्डलाई हम्मे परेको छ । विप्लव र किरणसँगको एकता प्रयास अब अगाडि नबढ्ने भएको छ । बरु विप्लवको चुनौती प्रचण्डले झेल्नुपर्ने उनको अभिव्यक्तिबाट देखिइसकेको छ

प्रतिकृया दिनुहोस्