Friday, June 9
Shadow

म राष्ट्रपतिको बन्ने दौडमा छैन पाए पट्काउने हो – सम्मानित नेता खनाल

नेकपा ( एकीकृत समाजवादी ) ।

 

का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताउनु भएको छ । राष्ट्रपतिभन्दा पहिला पार्टीको निर्देशनअनुसार आफूले निर्वाचनमा प्रतिस्पर्धा गर्ने खनालको भनाई थियो । पछिल्लो समय राष्ट्रपतिको दौडमा रहेको चर्चा चलिरहेको सन्दर्भमा खनालले त्यस्तो बताउनु भएको हो ।

पार्टी प्रशिक्षणको लागि गुल्मी पुग्नुभएका खनालले पत्रकार सम्मेलनमा देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिको लागि नभएर पार्टीका निम्ति भएको बताउनु भयो ।

त्यस्तै आफू सधै वाम एकताको पक्षमा रहेको समेत उनले उल्लेख गर्नुभयो । ‘मैले जहिल्यै वाम एकताको पक्षमा बोलेको छु । तर, ठूला शक्तिहरू नै सकारात्मक छैनन ’, उहाँले भन्नुभयो , ‘तर, एकताको आवश्यकतासँगै ।

बहस र छलफल अगाडि बढ्नुपर्छ ।पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमालेबाट विद्रोहको एक वर्षमै आफ्नो पार्टी राष्ट्रव्यापी बनेको जिकिर गर्दै छोटो समयमै २१ वटा जनसंगठन सँगै नवोदित क्रान्तिकारी पार्टी स्थापित हुनु ।

सुखद विषय भएको उहाँले बताउनु भयो । उहाँले अहिले देशमा सबै पार्टीलाई सकस भए पनि नजिकैको निर्वाचनले नयाँ समाजवादी नेतृत्व खोजेको बताउनु भयो । पार्टी एकताको लागि वैचारिक, राजनीतिक, सांगठनिक एवं सैद्धान्तिक सहमति आवश्यक भए काले चुनाव अघि पार्टी ।

एकीकरणको सम्भावना नभएको स्पष्ट पार्दै उहाँले ‘अहिले पार्टी हरूका बीच चुनावी तालमेल र सहयोग सम्बन्ध मात्रै सम्भावना रह्यो भागबन्डाको विषयमा आ आफ्नै तर्क पेश भएका छन्’, उहाँले भन्नुभयो ‘चुनावी तालमेल गर्छौ ।

खनालले नागरिकतासँग मुलुकको राष्ट्रियताको विषय जोडिएकाले राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै सदनमा अल्पमत र बहुमत भन्दा दूरदर्शी निर्णयका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

 

उहाँले अहिले नेतृत्वमा नयाँ अनुहार जनताले खोजेको भन्दै तर, उमेरसँगै योग्यता र क्षमता भएको नेता र नेतृत्व आवश्यक रहेको समेत बताउनु भयो । युवाले पद मात्रै खोज्न बल गरेर मात्रै नहुने भएकाले क्षमताको पनि विकास गरे पहिलो पुस्ता स्वभाविक रूपमा विस्थापित हुने खनालको भनाई थियो ।