बुधबार , जेठ ४, २०७९

माधव नेपाललाई ‘हाडीघोप्टे’को नामले सराप्दै ओलीले भिडियो हेर्नुहोस

फागुण २५, २०७८ बुधबार 113

माधव नेपाललाई ।

हाडीघोप्टे’को नामले सराप्दै ओलीले भने “मेरो सरकार ढाल्न संसारभरका स्यालहरु एक भए”प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु ।

मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन् । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसार भरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

पार्टी निकट मानव अधिकारवादीहरुको संगठन मानव अधिकार एलाईन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियावादीहरु मिलेर ढालिदिएको बताए ।

अध्यक्ष ओलीले एक हुल स्यालको प्रसंग निकाल्दै भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ ।

त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको बैचारिक र व्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई ‘हाडीघोप्टे’को संज्ञा दिए ।

मानव अधिकारको रक्षामा आफ्नो पार्टी विश्वभरीकै अवधारणाभन्दा अगाडि रहेको उनको दावी थियो ।उनले भने, ‘कुनै संस्थाबाट मान्छे फुट्यो भने नाम एकीकृत राख्छ । जो चाहिँ हाँडिघोप्टे छ, उसले समाजवादी नाम राख्छ ।

आजको समय त्यस्तो छ । तर, हामी फेसनको पछि होईन, तर्कको पछि लाग्छौं । वास्तविक रुपान्तरणका लागि लाग्छ । विश्वभरीका मानवअधिकार अवधारणा भन्दा एमाले एक कदम अगाडी छ अध्यक्ष ओलीले अरुले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने तर ईर्स्या गर्ने गरिरहने चलन नै भएको बताए । नेपाल प्रेस

प्रतिकृया दिनुहोस्