बुधबार , जेठ ४, २०७९

एमसीसी सम्झौता बुझाउन कांग्रेसले घर-घरमा किताब बाँड्ने : काङ्ग्रेस

फागुण २४, २०७८ मंगलबार 273

काठमाडौं : नेपाली ।

कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ ।काठमाडौं : नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए। ‘चुनावी अभियान फागुन २९ गतेबाट सुरु हुन्छ। एमसीसीको सत्यता के हो भनी कांग्रेसले घर घरमा पुस्तिका पठाउँछ।’ खड्काले भने। देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर-घरमा पुस्तिका पुर्‍याउने बताइएको छ ।

फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ। फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । संग ठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ।

‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने उनले बताए ।प्रचार अभियानमा पार्टीका सबै संगठनका परिचालन गरिने भएको छ। ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति पार्टीले लिएको महामन्त्री शर्माले बताए ।

प्रतिकृया दिनुहोस्