हात गुमाएका मोरङका राई २ वर्षदेखि साउदीमा अलपत्र

News

वैदेशिक रोजगारीको ।

 

क्रममा ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी-६ का अरुण राईले सडक दुर्घटनामा एक हात गुमाएका छन्। उनी हाल साउदीमा नै अलपत्र परेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका राई वैदेशिक ।

 

रोजगारीको क्रममा १ जुन २०१९ मा नेपालमा रहेको नारायणी मेनपावरबाट साउदीस्थित अल मसार कम्पनीमा ड्राईभरको लागि गएका थिए ।ड्राईभर कामको लागि नेपालमा गरिएको सम्झौता अनुसार १८ सय रियल प्रतिमहिना दिने ।

सर्तमा साउदी पुगे तापनि उक्त कम्पनीले १२०० मात्र दिने सर्तमा काम दिएको र सोही काम गरेका थिए। काम गर्दै जाँदा २५ जनावरी २०२० मा सडक दुर्घटना भयो ।

 

दुर्घटना भएलगत्तै हस्पिटल लाँदै गर्दा उनीसँगै रहेका सहचालक भारतीय नागरिकको मृत्यु भयो भने उनले सो दुर्घटनामा आफ्नो एक हात गुमाए।दुर्घटनामा भएको १० दिनपछि हस्पिटलबाट कम्पनीले स्टाफ एकोमोडेसन ।

राखेको तर हालसम्म पनि स्वदेश फिर्ताको लागि कुनै पनि पहल नगरेको उनको गुनासो छ । कम्पनीका अनुसार स्वदेश फिर्ताको लागि आवश्यक काम भइरहेको र पाउनु पर्ने ।

 

सेवा सुविधा र सडक दुर्घटनामा देखिएको गल्तीलाई मध्यनजर गर्दै स्वदेश फिर्तामा केही ढिलाइ हुने भनेता पनि २ वर्षदेखि राई साउदीमा नै बिना काम अलपत्र परेका छन्। सम्बन्धित मेनपावर पनि यो अवस्थामा बेखवर रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published.